Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नेपाल छाडेपछि भाग:-१ (कविता) - शंकर ढकाल (छन्द : शार्दूलविक्रीडित)

नेपाल छाडेपछि भाग:-१ (कविता) - शंकर ढकाल (छन्द : शार्दूलविक्रीडित)

सतीश चापागाईं

३, श्रावण २०७६
images
  मेराे देश रुँदैछ रे म नबसी चिच्याउँदै बेसरी चिन्ता लाग्छ विकास हुन्छ कसरी सप्रिन्छ खै के गरी । गाेर्खाली खुकुरी न काट्छ रिपुका गर्जेर घाँटीहरू नेपाली हुनु गर्व भन्छ मनले फर्केर जाऊँ बरु ।।१।। झर्नाले कविता सुनाउन भुले श्रीबाँसुरीले धुन मैला हात भनेछ धैर्य नगरी बेकार लाग्याे सुन । स्वप्नामा पनि पूजनीय हरियाे देखेर थालेँ रुन बिन्ती गर्छु सुरम्य देश जननी फर्केर अाऊँ पुन: ।।२।। तीर्खा थाेक थकाइ भुल्छु म यता सम्झिन्न निद्रा पनि खुट्टाले पनि भन्छ काम नगरी जा बन्दछस् तैँ धनी । फर्की देश कुना-कुना अब गरे अन्नादिकाे उब्जनी नामी पावन देवभूमि भवमा नेपाल बाँच्नेछ नि ।।३।। डाँफे काेकिलले नियाल्दछ सुगा भन्नेछ खै शङ्कर माया बुझ्न म सक्छु अाज मनमा लाग्दैछ चिन्ता डर । केही छैन विदेशमा त सपना हाे मात्र बुझ्दैछु म अाशा लक्ष्य भविष्य सम्झिन सकेँ नेपाल फर्किन्छु म ।।४।। अाऊ माथि हिमालले हरघडी भन्थ्याे सजाई शिर खाेज्थी नेत्र नचाइ रङ्गिन चरी पाखा पखेरातिर दु:खी छन् अहिले अदम्य गुरुजी नाैलाख अभ्यागत माटाे चिन्न सिँगार्न शीघ्र घरमा फर्किन्छु गाैरी! म त ।।५।। छाड्दा देश रिसाउँदैछ सविता तातिन्छ अागाेसरि पानीकाे ममता न पाउन सके गाेदावरी बाबरी । अाऊ शङ्कर हार व्यर्थ छ भनी सुक्दैछ दूर्वाहरू गट्टा खेल्न मिलेर पुष्प सिउरी फर्केर अाऊँ सरू ।।६।। निद्रामै प्रिय भाई रुन्छ धुरुरू देऊ मिठाई भनी पूरा गर्न समेत सक्दिनँ स्वयं सानाे इरादा पनि । के चाहिन्छ पुगेन के भन छिटाे साेध्दैछ माटाे रुँदै फर्केँ जे हुनु भाे भयाे अब म ता नेपालमा उफ्रिँदै ।।७।। श्राेताले मुटु देशभक्त कविजी भन्थे दिँदै हाैसला ए साथी अब काम लाग्छ कहिले मेराे मनीषी कला । चाँदीझैँ बहुमूल्य रत्न सुनले भर्नेछु बारी गह्रा फर्केँ छर्न प्रकाश जन्म जननी सम्झी कुना कन्दरा ।।८।। मेराे रक्त विशुद्ध वीर्य पसिना व्यर्थै गयाे बाहिर तेराे देश तँ बस्न हुन्न कि कसाे भन्दैछ झुक्दै शिर । काैवाले अखबार ल्याउँछ सधैँ `नेपाल एक्लै भयाे´ मेराे भाेजन हाे भनी रिपुहरू खै के गरी जन्मियाे ।।९।। जाअाैँ खेल्न भनेछ शावकहरू घुम्दै हिमाली वन माथा सम्म सम्हाल्न सक्दिनँ म ता के सक्छु भित्री मन लेखेरै कविता यहाँ म कसरी चम्किन्छु तारा बनी ए अामा दिनहूँ कराउँछु रुँदै नेपाल जाने भनी ।।१०।। खै बाबा डिलमा बसी सुतसुता साेध्छन् मलाई कति बाबा अाउनुहुन्छ भाेलि सुत लाै भन्छिन् रुदैँ पार्वती । पीडा पीर पखाल्न अाँशु नझरी मुर्छा परेँ बेसरी जाऊँ लाग्छ विदेशदेखि कसरी नेपालमा के गरी ।।११।। बाजे शङ्कर भाई अाउँछ छिटै हाँसेर भन्दै थिए ठट्टा गर्न क्रिकेट खेल्न छ भनी साथीहरू उफ्रिए । अामाकाे अनुहार खुम्चिन गयाे सम्झी मलाई कति खाली हात म फिर्छु जन्मघरमा ल्याउन्न बा सम्पति ।।१२।। देखाई नव अाश दुष्ट जनले नेपाल मासे छली गाेर्खाली हुँ म दिन्छु साहस गरी सीमा बचाई बली । केही गर्छु अवश्य चिन्तन गरी विश्वास गर्नू म मा । बाँझाे खेत खनेर कर्मठ बनी भेट्नेछु मै चन्द्रमा ।।१३।। कायामा छ विशुद्ध रक्त धमनी थाक्दैन यी पाखुरा माथाले पनि धान्न सक्छ गरिमा नेपालका टाकुरा । चिन्ता गर्नु हुँदैन चिन्तन गराैँ अाई म जन्मस्थल काे भन्नेछ सदैव पाैखर गरे सुख्ख छ माटाे मल ।।१४।। अास्था अादरता अझैँ छ जिउँदै सत्कार्य गर्नेछु म हाम्राे अाँगन राख्न साैम्य सुकिलाे जङ्घार तर्नेछु म । चिठ्ठीमा पनि देख्छु अाँशु म यहाँ देख्दैन नाैलाे छवि मेराे दु:ख बुझेर लेख्न कहिल्यै सक्दैन काेही कवि ।।१५।। - तानसेन न. पा. - ७ काजीपाैवा, पाल्पा । हाल : गुजरात, भारत । (शंकर ढकालको कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :श्रावण ३, २०७६ शुक्रवार - ०७:५२:५३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend