३, श्रावण २०७६
मुक्तक -१
हदैसम्म गिरी, कुल्चिएर गयो
मुटुलाई नै चिरी, कुल्चिएर गयो
आकाशमा जून, देखेपछि उसले
कठै म जुनकीरी, कुल्चिएर गयो ।
मुक्तक -२
देखावटी इमानको खम्बा ढल्छ, रात परेपछि
अचम्मैसित यौवनको आगो बल्छ, रात परेपछि
जस्ले छोएको पानी समेत, चल्दैन भन्नुहुन्छ उहाँ
हो उसैको, उहाँलाई शरीर चल्छ, रात परेपछि ।
मुक्तक -३
ढुङ्गो उस्तै छ, माटो उस्तै छ
बाठो बाठै छ, लाटो उस्तै छ
कुर्सीमा, चालक फेरिए पनि
गाडी उस्तै छ, बाटो उस्तै छ ।।
मुक्तक -४
पहाड नाघ्ने सागर तार्ने, कुरा नगर
हात्ती पछार्ने बाघ मार्ने, कुरा नगर
तिम्रो मुटुमा डेरा दिए, पुग्छ मलाई
ती तारा टिप्ने जून झार्ने, कुरा नगर ।
मुक्तक -५
माटो बोक, ढुङ्गो फोर, मान पाउँछस् तैँले
श्रम गर जस्तोसुकै कठोर, मान पाउँछ्स् तैँले
फ़ोहोरी राजनीतिमा, नालायक नेता हुनुभन्दा
ए ! भाइ, बरु भकारो सोर, मान पाउँछस् तैँले ।
मेलुङ गाउँपालिका-२, दोलखा ।
(-अस्मित थापाका मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)
प्रकाशित मिति :श्रावण ३, २०७६ शुक्रवार -
०९:१५:३८ बजे