Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बिहार आँगनमै आइपुग्यो सरकार चुप लाग्यो । - पृथक् हिमाल ओली (५ मुक्तकहरू)

बिहार आँगनमै आइपुग्यो सरकार चुप लाग्यो । - पृथक् हिमाल ओली (५ मुक्तकहरू)

सतीश चापागाईं

३, श्रावण २०७६
images
  मुक्तक -१ दु:खको साम्राज्य माथि दमन गर्ने मन छ खुसीका दीप मात्रै प्रज्वलन गर्ने मन छ पीडा भुलेर,आँसु सर्लक्कै पिएर हाँस्न सकूँ मलाई यसरी जीवन परिवर्तन गर्ने मन छ । मुक्तक -२ चौतारो बनी हजुरकै निम्ति काम गर्नु परोस् यही छाती टेक्दै हजुरले आराम गर्नु परोस् मेरो मनलाई पनि मन्दिर बनाइदेऊ कोही ता कि दुखाउनेले समेत प्रणाम गर्नु परोस् । मुक्तक -३ मरुभूमि बनेको कुनै अनुभव राखेको छैन जिन्दगीले आफ्नो नाम अरब राखेको छैन चिता ऐले नै सल्काऊ, या थोरै बेर पर्खाऊ मुर्दाले आगोको कुनै मतलब राखेको छैन। मुक्तक -४ दुबै आँखाले एकै देख्छ र कानमा कुरा पस्छ स्वादे जिब्रोले कहिले चाख्छ कहिले चिल्लो घस्छ उहीँ हुन्छ आरती , समुन्द्र पारी हुन्छे सारथि एउटै मुटुभित्र पनि कति जनाको माया बस्छ । मुक्तक -५ बहादुरी कहाँ गयो होला तरबार चुप लाग्यो आमाको अस्मिता लुटिँदा संसार चुप लाग्यो मौनताले मात्रै रहेछ सम्बन्ध टिकाउन सक्ने बिहार आँगनमै आइपुग्यो सरकार चुप लाग्यो । बाँसगढी -१ बर्दिया । (✍️ - पृथक् हिमाल ओलीका  मुक्तकहरू  साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :श्रावण ३, २०७६ शुक्रवार - ११:३१:०६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend