Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मेरो जातिको छत नै छैन (कविता) -निमा भुटिया

मेरो जातिको छत नै छैन (कविता) -निमा भुटिया

सतीश चापागाईं

३, श्रावण २०७६
images
तस्बिर: गुगल हो म यो देशको बासी मेरो जातिले यो देशलाई बनाएको मलाई थाहा छ यहाँ हाम्रो चिहानहरू छन् । हाम्रो चेलीहरूको सिउँदो पुछिएको छ । हाम्रो पाकाहरूले पसिना र रगतको खोला बगाएर बनाएको मेरो देश तर आज यसै देशमा हामी बिरानो छौं । न त हाम्रो चिनारी मिलेको छ यहाँ न त सरकारले हामीलाई यहाँ हेरेको छ । मेरै देशमा म र हामी बिरानो छौं । मेरो भूमिमा मेरो सन्तानको चिहानहरू मेरो होइन भन्दै यहाँ अरू कराउँदैछ । कस्तो अचम्म है मेरो देशमा यहाँ मेरो रगत र पसिना गनाएको मेरो भूमिमा म नै दिनहुँ बिरानो हुँदैछु । पाकाहरूको छातीभरी सजेको तक्माहरू किन होला यिनीहरुले भूलेको-----? मलाई अचम्म लाग्दैछ आज यहाँ युद्धमा जय महाकाली गोर्खाली भन्नेलाई कसरी भूल्दैछ आज यहाँ देश र सरकारले----??? - जलढक्का, कालेबुङ्ग भारत । (निमा भुटियाको यो कविता  साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :श्रावण ३, २०७६ शुक्रवार - १९:१८:१५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend