Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गजल - पृथक् हिमाल ओली

गजल - पृथक् हिमाल ओली

सतीश चापागाईं

३, श्रावण २०७६
images
  मुटुको धेरै भाग ध्वस्त भैसक्यो बाँकी थोरै छ। तिम्रो माया भन्ने चिज पनि मिसाइल हो रैछ। माझीले भने माछो ठानेर जाल हानेको थ्यो। भर्खरै नदीमा छलाङ मार्ने त भ्यागुतो रैछ। सियो त केवल छेद बनाएर आजाद भए थ्यो। यही धागो रैछ जो बर्षौदेखि अल्झेको रैछ। आफ्नै महलको छतमा दम्भ बोकेर उभिएँ। आखिर जुत्ता फुकाल्दा पनि शिर झुक्दो रैछ। बाघ सम्झेर बाख्रा, गोठाला सब तर्सिएछन्। खास जंगल पसेको भने ढाडे बिरालो रैछ। छानोमा टेक्ना साथ घरभन्दा ठूलो बन्यो। आगोभन्दा शक्तिशाली त फिलुङ्गो रैछ। बाँसगढी -१ बर्दिया । (- पृथक् हिमाल ओलीको यो गजल  साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :श्रावण ३, २०७६ शुक्रवार - १९:२४:१३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend