Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गजल -दुर्गा क्षेत्री 'जिउँदो लाश'

गजल -दुर्गा क्षेत्री 'जिउँदो लाश'

सतीश चापागाईं

३, श्रावण २०७६
images
जीवन कथा लेख्न खोज्दा साथ दिने मसी छैन आत्महत्या गर्न खोज्दा मलाई धान्ने रसी छैन आज मेरी गौरीकाको जन्मदिन पो परेको छ गौरीकालाई खुसी पार्न काट्ने यहाँ खसी छैन तिरस्कार किन गर्छ घाती समाज अझै पनि दिलको पिडा नाप्ने पनि यो धर्तीमा कसी छैन तनको पिडा सहेकै छु मनको पिडा जटील मनको घाउ शान्त पार्ने जगतैमा लसी छैन हिजो मैले यो समाजमा राम्रो काम गरेकै हो साँच्चै यसले गरेकै हो भनी दिने दसी छैन । सुनवल नगरपालिका - ५, नवलपरासी (सुस्ता पश्चिम) (- दुर्गा क्षेत्री 'जिउँदो लाश' को यो गजल  साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :श्रावण ३, २०७६ शुक्रवार - १९:२६:३९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend