Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

गजल -सुधीर कुमार सुमन

गजल -सुधीर कुमार सुमन

सतीश चापागाईं

३, श्रावण २०७६
images
  सबै कुरा सदर हुन्छ भोट भएपछि । कला पनि खरिद हुन्छ नोट भएपछि । इमानको परिभाषा फेरिएको छ दाजु । इज्जत यहाँ मिल्दो रैछ कोट भएपछि ।। विकास र समृद्धि हुनेछ हाम्रै पालामा । सम्भव के नहुँदो हो अठोट भएपछि ।। आज्कल नामुद गजलकार बनेको छ । मनभित्र प्रियतमको चोट भएपछि ।। बेफ्वाँकको कार्यक्रममा करोडौ मिल्किन्छ । जनताको घरमा पैसाको बोट भएपछी ।। - गाउँशहर, लमजुङ्ग । (-- सुधीर कुमार सुमनको यो गजल  साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :श्रावण ३, २०७६ शुक्रवार - १९:२८:३४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend