Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

गजल - सागर विश्वकर्मा 

गजल - सागर विश्वकर्मा 

सतीश चापागाईं

३, श्रावण २०७६
images
  एउटा टुहुरो बच्चा दिनभर सडकमा रमाउने गर्छ सोच्छ मेरो औकात यस्तै भनी मन बुझाउने गर्छ । यी सुखका दिनहरू परपर जाने गर्छन् जिन्दगीमा दु:खले यो मनको वरिपरि घर-घडेरी बनाउने गर्छ । मलाई विदेश पठाउन लिएको ऋण तिर्न नसक्दा वृद्ध आमा-बालाई साहुले बेला-बेला धम्काउने गर्छ । कयौं पटक छातीमा छुरा प्रहार गरेका थिए कसैले हो,आजभोलि उसैले देखावटी मलम पठाउने गर्छ । साँचो प्रेमकै मैले लागि जन्मदिने बा-आमा त्यागेँ आज उहीँ प्रेमीकाले पलपल मलाई रुवाउने गर्छ । (- सागर विश्वकर्माको यो गजल  साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :श्रावण ३, २०७६ शुक्रवार - १९:३१:०६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend