Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नेपाल छाडेपछि भाग:-२ (कविता) - शंकर ढकाल

नेपाल छाडेपछि भाग:-२ (कविता) - शंकर ढकाल

सतीश चापागाईं

३, श्रावण २०७६
images
(छन्द : शार्दूलविक्रीडित) भन्छिन् मातृ उदाउँदैन सविता ल्याई उज्यालाे दिन पीडा पीर व्यथा समाल्न नसकी बढ्दैछ झन् झन् ऋण । जप्छाै काल कुरेर रामहरिकाे श्रीमन्त्र व्यर्थै किन हाम्राे वास कपास हुन्छ सुकिलाे देऊ तिमी फर्किन ।।१६।। तारा बन्न सकिन्छ जन्म नलिई सेताे उज्यालाे कुना अाफै तुष्ट भएर झ्याम्म वनमा उम्रिन्छ दूर्वा मुना । ए अामा दरबार लाग्छ झुपडी माया र अाशिष् मिले खाली पेट भरिन्छ फापर मकै काेदाे र जाैँ सिस्नुले ।।१७।। अर्काकाे जलपानमा कति जिऊँ भाैतारिदै बेसरी कस्ताे काम गरेर भाग्य बदलूँ गाेविन्दजी के गरी । मेराे नाक हिमाल छुन्छ कहिले हाँस्नेछ हेहे मुख पैसाबाट हुँदैन बुझ्न म सकेँ याे जिन्दगीमा सुख ।।१८।। व्यर्थै दान दिएँ शरीर कसरी सम्झन्छु घाेप्टाे परी थाेपा रक्त छ अास सास छ मुठी बाँच्दैछु मुर्दासरि । हाम्राे वंश भविष्य जीवन कठै चल्दैन अामा रुँदै मेराे देश सिँगार्न फर्किन सकूँ अस्तित्व जाेगाउँदै ।।१९।। नेपाली जनता उठाउन सकूँ चम्काउँदै चेहरा मेराे देश छ देवभूमि भवमा भन्नेछु मैले धरा । लेखी राख्छु विदेश जान्नँ म भनी नक्सा र झण्डाभरि देऊ उत्तर फर्किने अब तिमी नेपालमा के गरी ।।२०।। अाशा पूर्ण हुँदैन बाहिर कुनै खल्लाे छ याे जीवन नेपाली जनता र भूमि नभए व्यर्थै हुनेछन् धन । के गर्ने धन लाेभ जीवन सदा अाशा गरी झुण्डन पुर्खाकाे इतिहास बिर्सिन गई अासे बतासे हुन ।।२१।। मिल्ला के भन शान्ति श्रेय मनमा बिर्सेर अाफ्नाेपन अर्काकाे स्थलमा गएर पसिना खर्चेर लाखाैँ धन । अाएँ मीष्ठ हजार लाख सपना देखेर पाएँ दुख छाडी देश विदेश फर्किन सकेँ फर्किन्छ हाेला सुख ।।२२।। चाेखाे प्रेम हुँदैन मातृ-ममता पाइन्न खर्ची धन बाटाेमा भिख माग्न कम्मर कसी बन्दैन सञ्जीवन । छाती शैलसमान अाढ्य दिल छन् झन् शक्तिशाली कर धेरै हुन्छ विकास पाैखर गरे फर्केर अाऊँ घर ।।२३।। लक्ष्मीतुल्य सुरम्य लेख्न कविता सम्झिन्छु तारागण भूलाई म स्वयं सिकाउँछु सिकी गीता र रामायण मेराे जाेश उमेर बन्दिन अरे याे ठाउँमा तर्पिदै अाफ्नै देश बनाउने प्रण गरूँ नेपालमा फर्किदै ।।२४।। नेपाली प्रियभक्त भुल्दिनँ म ता साैन्दर्य जन्मस्थल बाली दीप हटाउँनेछु रजनी छर्नेछु माटाे मल । अाफ्नै पाैरखले विशाल सुकिलाे झण्डा सिमाना चिनी माटाे बन्न सकी गरूँ उदरमा पीयूषकाे उब्जनी ।।२५।। माला हुन् जनता सियाे म सुरिलाे उन्नेछु धागाेभरि छातीभित्र सजाउनेछु पसिना त्यागी तपस्या गरी । पूर्खाकाे दिल मृत्तिका दिन सकी गर्नेछु मूल्याङ्कन धेरै रङ्ग दली बनाउँछु सुखी नेपालकाे जीवन ।।२६।। अाफ्नै अाज निखार्न भाव मनकाे ढुङ्गा पगाल्ने गरी लक्ष्मी माधव सम्झिदै सुकविता लेखूँ सिमानाभरि । धर्तीकै मुटु अाढ्य रम्य सुकिलाे नेपाल मेराे भनी माता पावन गण्डकीसित मिली काेरूँ नयाँ जीवनी ।।२७ फुल्ने गर्छ कि चम्किँदै म शिरमा उन्यू सजाऊँ अब बास्नादार सुगन्ध रत्न सुनमा पाई रमाऊन् सब । छाडी जन्मथलाे रमाउछ कहाँ कुन् ठाउँ भित्री मन फाली कल्मष सुम्पिऊँ हृदयले नेपाललाई तन ।।२८।। लागे राेग यता हुँदैन जननी पीयूषझैँ अाेखती थाहै हुन्न अचम्म हुन्छ कसरी याे जिन्दगीकाे क्षति । गाह्राे मान्छ कुना-कुना रगतले बाटाे नभेटेपछि टिप्ने चाह छ शैलझैँ अब उठी नेपालबाटै शशी ।।२९।। अामाकाे अनुहार भुल्न नसकी मुर्छा परेँ बेसरी ए बाबा धनरत्नमा मन दिई बाँचूँ यहाँ के गरी । राताे बाकस अाउँदैन धनकाे थुप्राे लिई चम्किई मैला हात निखार्न अाउँछु छिटै नेपालमा फर्किई ।।३०।। - तानसेन न. पा. - ७ काजीपाैवा, पाल्पा हाल : गुजरात, भारत । को यो कविता  साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :श्रावण ३, २०७६ शुक्रवार - १९:३५:१३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend