Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

म्याग्दी समाज अमेरिकाको समर पिकनिक यही अगष्टको २६ तारिख

म्याग्दी समाज अमेरिकाको समर पिकनिक यही अगष्टको २६ तारिख

सतीश चापागाईं

६, भाद्र २०७५
images
म्याग्दी समाज अमेरिकाको समर पिकनिक यही अगष्टको २६ तारिख हुने भएको छ । उक्त पिकनिकमा सहभागी भएर मनोरंजन लिनुहुन यस क्षेत्रमा रहेका सबै नेपालीसंग समाजका अध्यक्ष अमर छन्त्यालले नेप्लिज डायस्पोरामार्फत अनुरोध गर्नु भएको छ । उक्त पिकनिकमा म्याग्देली मौलिक पन्चे बाजा, बाल-बालिकाको लागी विभिन्न रमाइला मनोरञ्जनात्मकल खेलहरु, महिला तथा भाइबहिनीहरुका लागी म्युजिकल चेयर्स, छेलो, लठ्ठो तान्ने जस्ता विभिन्न रमाइला पारिवारिक खेलहरुका साथमा ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विशेष जमघट अनि बेजोड गीतसंगीत, नाचगान र भरपुर मनोरञ्जनात्मक कार्यक्रमहरु हुने पनि समाज द्वारा जारी सूचनामा उल्लेख छ । म्याग्दी समाजले हरेक बर्ष लेबर डे कै दिन गर्ने पिकनिक पार्क नपाएका कारण अर्को दिनमा गर्न लागेको हो ।

images
प्रकाशित मिति :भाद्र ६, २०७५ बुधवार - १८:५१:२८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend