Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

एन एस डब्लु सिड्नी ,अस्ट्रेलियाको नयाँ कार्य समितिलाई जिम्मेवारी हस्तान्तरण

एन एस डब्लु सिड्नी ,अस्ट्रेलियाको नयाँ कार्य समितिलाई जिम्मेवारी हस्तान्तरण

सतीश चापागाईं

६, भाद्र २०७५
images
अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) एन एस डब्लु सिड्नी ,अस्ट्रेलिया को भर्खरै सम्पन्न अधिवेशनको घोषणा अनुरुप नवगठित कार्यसमितिको नामावलीलाइ सार्वजनिक गर्दै पुरानो कार्य समितिले नयाँ कार्य समितिलाई जिम्मेवारी हस्तान्तरण गरेको छ । जस अनुसार नव गठित कार्य समितिको अध्यक्ष्यमा महेश्वर शर्मा , उपाध्यक्षमा ममता तिवारी (सापकोटा ), महासचिवमा दिपक निरौला , सचिव प्रविण टण्डन ,कोषाध्यक्षमा बिष्णु घिमिरे, सदस्यहरूमा मनोज पाण्डे , कृषिका पण्डित , इस्वर वराल ,युवराज अधिकारि,बिनोद महर्जन सीता रसाईली , गणेश भट्ट लगायत रहनु भएको छ । यस्तै सल्लाहकार समितिमा :पुर्व अध्यक्षहरू भीमसेन सापकोटा ,सानु घिमिरे रहनु भएको छ । संगित र सांन्स्कृतिक विभाग मा मनोज पाण्डे , सूचना प्रविधिमा प्रविण टन्डन,जनसंपर्क अधिकृत, इस्वर वराल रहनु भएको छ । सो अवसरमा निवर्तमान कार्यसमितिका अध्यक्ष सानु घिमिरे तथा अनेसास केन्द्रिय समितिका उपाध्यक्ष आचार्य राजन शर्मा(भीमसेन सापकोटा)ले उपस्थित मध्येका नवनियुक्त पदधिकारीहरूलाई खादा लगाएर कदर गर्नु भएको थियो भने पुरानो कार्यसमितिको योगदानको कदर गर्दै सानु घिमिरेलाई एक सम्मान पत्र प्रदान गरेको थियो । नब निर्बाचित कार्य समितिका अध्यक्ष, पदाधिकारी, सल्लाहकार र सदस्यहरुलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वाशिङटन डिसी मेट्रो कमिटीका बर्तमान अध्यक्ष एबम हुन गैरहेको केन्द्रिय निर्वाचनमा केन्द्रीय महासचिब पदको उम्मेदवार रामप्रसाद खनालले हार्दिक बधाई र कार्यकालको सफलताको कामना गर्नुभएको छ । यसै गरी नेपाल मदर कमले पनि नयाँ कार्य समितिलाई बधाई ज्ञापन गरेको छ । साभार: नेपाल मदर डटकम

images
प्रकाशित मिति :भाद्र ६, २०७५ बुधवार - १९:११:३३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend