Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

सिड्नीमा सकारात्मक सोचको तरङ्ग फैलाउंदै सिड्नीमा ‘सुखसूत्र ” कृतिको अन्तर्क्रिया

सिड्नीमा सकारात्मक सोचको तरङ्ग फैलाउंदै सिड्नीमा ‘सुखसूत्र ” कृतिको अन्तर्क्रिया

सतीश चापागाईं

६, भाद्र २०७५
images
    सिड्नी । “आफ्नो मस्तिष्ककलाई नियन्त्रण गर्न सक्यौं भने संसार पनि हाम्रो बसमा पर्न वाध्य हुनेछ’ । एउटा शक्तिशालि सकारात्मक उर्जाले भरिएको पुस्तक ‘सुखसूत्र ” जसको आध्योपान्त अध्ययनले हारेका हजारौं मनहरूलाई उठाउंने ताकत राख्छ र उठाइरहेछ । नेपाली साहित्यमा कमै मात्र देखिने उत्प्रेरणात्मक कृतिको प्रतिनिधित्व गर्दै उदाएको यो पुस्तक नेपालमा लोकार्पण गर्दा एकै दिनमा १ हजार प्रति विक्री भएर अब्बल दर्जाको कीर्ती राख्न सफल बनिसकेको छ । अन्तर्रास्ट्रिय उत्प्रेरक वक्ता ,सकारात्मक सोच अभियन्ता तथा योग र अध्यात्म प्रचारक आचार्य राजन शर्मा द्वारा लिखित सुखसूत्रको सिड्नीका साहित्य प्रेमि बीच एक वहस र अन्तरकृया भयो । सो आयोजित उत्प्रेरणा कार्यक्रमले दर्शक दीर्घामा एक सकारात्मक तरङ्ग मात्र फैल्याएन बरू कहिले उत्प्रेरणाका भनाइ र कहिले निस्कने हांसोका फोहराले कार्यक्रम अवधिभर सबैलाई एकनास आकर्षण गरिरह्यो । सोचको शुद्दी , ध्यान , आत्म अवलोकन , आहार , विहार र प्रत्याहार शुद्दिका विधि , मस्तिष्क शक्ति बढाउंने योग मुद्रा र हांस्यचिकित्सा सो अवसरका आकर्षण थिए । पुस्तक टिप्पणीको क्रममा साहित्यकार मन्जिला उप्रेतिले नेपाली साहित्यमा सकारात्मक सोचको खडेरिलाई चिर्दै एक युगपुस्तक ‘सुखसूत्र ‘जन्मिएको भन्दै आज प्रत्येकको विचलित मनलाई एक उत्तम सकारात्मक खुराक पुस्तकको रुपमा आएको चर्चा गर्नु भयो । उहांले ‘सुखसूत्रका ‘केहि चर्चित प्रसङ्गलाई समेत वाचन गर्दै उपहारको रुपमा दिन मिल्ने यो पुस्तक समाज रुपान्तरणको कारक बन्न सक्ने धारणा राख्नु भयो । पुस्तकको अतन्तर्कृयाको क्रममा कवि सुरेन्द्र दवाडिले राख्नु भएको सवालको जवाफ दिंदैं कृतिकार आचार्य राजन शर्माले यो पुस्तक आफुले यात्रा गरेका विश्वका ३३ शहरका ज्ञान ,५ वर्ष सम्म अध्ययन र अनुभव गरेका सकारात्मक सोच तथा जीवनलाई सुखी बनाउंने सूत्रवद्द नियम उल्लेख गरेको बताउंनु भयो । सो अवसरमा उठेका सवालको जवाफ दिंदै लेखक आचार्य राजन शर्माले “जातीय विभेदको रोग न सभ्यताको शुरुमा थियो नत अाधुनिक प्रजाता न्त्रिक पद्द्तिमा नै छ,यो त केबल मध्ययुगीन सामन्ती समाजको अवशेष क्यान्सर रोग मात्रै हो र अध्यात्मिक आंखाले हेर्दा संसार विभेद रहित रहेको बताउंनु भयो । सो अवसरमा सुखसूत्र कृतिलाई शुभकामना दिने क्रममा विश्वशान्ति तथा अध्यात्म विज्ञान समाजका महासचिव विदुर प्रसाद सापकोटाले ‘सुखसूत्र’को प्रत्येक पन्ना र हरफले मानिसको दिमाग हल्लाइदिने क्षमता राखेको बताउंदै आफ्नो लागि गीता पछि पढिने दोस्रो पुस्तक “सुखसूत्र ‘रहेको बताउंनु भयो । यस्तै सो अवसरमा समुदायका अग्रज डा नारायण प्रधान , डा मोम विश्वकर्मा , डा मित्र परियार पत्रकार ॠषि आचार्य , अभिभावक समुह क्याम्सि क्यान्टवेरिका अध्यक्ष गाणेश गौतम लगायतले “सुखसूत्र ” नेपाली शैक्षिक पाठ्यक्र्मम राख्नु पर्ने पुस्तक भएको बताउंदै सुखसूत्र पछि अन्य सफल कृतिका लागि आचार्य राजन शर्मालाई विविध शुभकामना प्रदान गर्नु भयो । सो कार्यक्रममा सभाध्यक्षको रुपमा बोल्दै अनेसास एन एस डब्लुको अध्यक्ष सानु घिमिरेले यस्ता कृतिहरूले नेपाली साहित्य र अनेसासलाई गौरवान्वित बनाउंदै लगेको बताउंदै आचार्य राजन शर्माको सकारात्मक सोच अभियानमा आफुहरू सदैव सहयोगिको रुपमा रहेको बताउंनु भयो । सोहि संस्थाका महासचिव महेश्वर शर्माले कार्यक्र्मलाई आकर्षक तवरले सन्चालन गर्नु भएको थियो । डा नारायण प्रधान , डा मित्र पारीयार र डा मोम विश्वकर्माले दीप प्रज्वलन गरेर संयुक्त्त रुपमा सो कार्यक्र्मको शुभारम्भ गर्नु भएको थियो । - कृषिका पण्डित, साभार: नेपाल मदर डटकम

images
प्रकाशित मिति :भाद्र ६, २०७५ बुधवार - १९:१४:५९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend