Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

किन ठान्थ्यौ नत्र मलाई बेकार, आफ्नै सम्झेको भए ! - रविन्द्र अनुराग (५ मुक्तक)

किन ठान्थ्यौ नत्र मलाई बेकार, आफ्नै सम्झेको भए ! - रविन्द्र अनुराग (५ मुक्तक)

सतीश चापागाईं

९, श्रावण २०७६
images
  मुक्तक -१ कुनैबेला म पनि थिएँ त्यो रोमियो जस्तो हर कोहीलाई उज्यालो दिने दियो जस्तो मैले गुन लगाएको आज सबलेे भुलेछन् सानै भए पनि काम आउँछु म सियो जस्तो । मुक्तक -२ जे भयो हुन देऊ सबथोक, सम्हालेर बस नलिनु सुर्ता नमान शोक, सम्हालेर बस चिन्ताले मान्छेलाई चितामा पुर्याउँछ मेटिने छ तिम्रा रहरका भोक, सम्हालेर बस ! मुक्तक -३ भोलि कोही लाग्ने छैन काम अन्तिम दिनपछि सिवाय सलाई दाउरा मलाम अन्तिम दिनपछि ताकत भएसम्म शरिरमा देखाउनुस् तमाशा मित्र छुट्ने छ पछाडि यी तामझाम अन्तिम दिनपछि । मुक्तक -४ कोही आफूलाई महान ठानोस् म केवल कमिला हुँ यो दुनियाँ विशाल ढिस्को म त्यसकै कण शिला हुँ लगाओस् जसले जति फुर्ति हेरेर बस्छु म पनि अनन्त छ सृष्टि अपरम्पार दैवको सानो लीला हुँ l मुक्तक -५ दिन सक्थ्यौ'नि मलाई उपहार, आफ्नै सम्झेको भए खुशी साथ लिन्थें आँसुका धार, आफ्नै सम्झेको भए तिमी अमूल्य जुहारात रहेछौ म पत्थर रहेछु बाटोको किन ठान्थ्यौ नत्र मलाई बेकार, आफ्नै सम्झेको भए ! महाकाली न.पा.- ३ कञ्चनपुर । (- रविन्द्र अनुरागका  मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक।)

images
प्रकाशित मिति :श्रावण ९, २०७६ बिहिवार - ०८:२४:५१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend