Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

चढ्न सकिएन अझै उकालो जिन्दगीमा (गजल) -संघर्ष प्रयासी

चढ्न सकिएन अझै उकालो जिन्दगीमा (गजल) -संघर्ष प्रयासी

सतीश चापागाईं

९, श्रावण २०७६
images
  चढ्न सकिएन अझै उकालो जिन्दगीमा । आउँदैन होला कहिल्यै पालो जिन्दगीमा । अरुकै नियन्त्रणमा हेपिएकै अवस्था छ, कमजोर मानसिकताको जालो जिन्दगीमा । स्वतन्त्र भै बाँच्न नपाउँदा साँच्चै नै अब, मालिक त होइन सधै गोठालो जिन्दगीमा । समस्याले च्यापिएर बाँचिरहँदा जहिले नि, यसो सोच्दा जाँदैन हटेर तुवाँलो जिन्दगीमा । अभावै अभाव भइरहँदाखेरि सायद , भरिदैन कहिल्यै ढुकुटीको डालो जिन्दगीमा । छत्रकोट -१, हुँगा गुल्मी । (-संघर्ष प्रयासीको गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक।)

images
प्रकाशित मिति :श्रावण ९, २०७६ बिहिवार - ०९:०२:२७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend