Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

आमाको महिमा अपार (५ सर्जकका ५ मुक्तक)

आमाको महिमा अपार (५ सर्जकका ५ मुक्तक)

सतीश चापागाईं

९, श्रावण २०७६
images
  मुक्तक -१ आमा महान हुनुहुन्छ, सृष्टिदाता हुनुहुन्छ मेटेर कहिल्यै नमेटिने अमर नाता हुनुहुन्छ दु:ख दिनु हुँदैन आमालाई् सदैव सेवा गरौ आमा हाम्रो जीवनको, पहिलो गाता हुनुहुन्छ । - सिताराम के.सी. मुक्तक -२ धन दौलत छ तिमीसँग भन के के सुख पसायो जसकी आमाको आँखाहरू अझ अविरल रसायो फाटेको फरियामा जस्ले नयाँ सपना देखिन् तिम्रो वृद्धाश्रममा फालेर आमा उसले, के घरजम बसायो ?? -मनोज सिलवाल मुक्तक -३ एउटा झुट लुकाउनलाई सयौं झुट बोल्छौ किन ? मानवता कुल्चेर अरुको जीवन बिथोल्छौ किन ? नारी आमा हुन् दिदी हुन् बहिनी अनि धर्ती हुन् ! दानव बनी अस्मिता लुट्न बस्त्र खोल्छौ किन ?? - सानू पौडेल मुक्तक -४ स्वर्ग भन्दा मुमाकाे छ त्याे काख प्याराे सुख सयल भन्दा पनि झन् लाख प्याराे याे जन्म सफल बनाअाैँ सम्झेर धरालाई अाऊ बचाअाैँ ममताकाे छ साख प्याराे । -हिमाेढ पहाडी भारत मुक्तक -५ सन्तति अघि बढाउने, सपना मीठा बुन्छिन् अामा धैर्यता राखी धर्तीसरी, आँशुले पीडा धुन्छिन् आमा जस्तै संकट परे पनि, तार्छिन आफू मरे पनि सन्तानको दु:ख हेरि हेरि, सुखी कहाँ हुन्छिन् आमा ? ✍ गोम बिक्रम कल्लाबारी, पाल्पा । (संकलन : गोम बिक्रम)  

images
प्रकाशित मिति :श्रावण ९, २०७६ बिहिवार - ०९:१७:२६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend