Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

दुखेर बिछोडका घाउ (गजल) सन्दिप संग्रौला "दिलदुखी"

दुखेर बिछोडका घाउ (गजल) सन्दिप संग्रौला "दिलदुखी"

सतीश चापागाईं

९, श्रावण २०७६
images
दुखेर बिछोडका घाउ यी नयन छन् भरिएका । तिमी भन्छ्यौ मुस्कुराऊ यी नयन छन् भरिएका ।। मुटुमा चोट पुग्दा अाँखामा असर देखिन्छ, छचल्किन्छन् बनी तलाउ यी नयन छन् भरिएका । त्यो न्यानो अंगालो पायौं र उस्कै सिन्दुर लायौं, मतिर नहेरी जाऊ यी नयन छन् भरिएका । म जति खोज्छु बिर्सन झन् बढ्दछ याद किन, भो याद बनी नसताऊ यी नयन छन् भरिएका । छैन हक माया गर्ने हो जरुर भुल्नुपर्ने, उसैका साथमा रमाऊ यी नयन छन् भरिएका । छ माया समर्पित भन्थ्यौ,अनि जीत सुनिश्चित भन्थ्यौ भासिँदा बगर पाउ यी नयन छन् भरिएका ।।   लालिगुराँस नगरपालिका-८ तेह्रथुम हाल: मलेसिया (-सन्दिप संग्रौला "दिलदुखी"को गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :श्रावण ९, २०७६ बिहिवार - ११:०८:४६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend