Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

लेख्ने जति सबै कहाँ साहित्यकार हुन्छन् र ? कि त मनमा असाध्य दर्बिलो अठोट हुनुपर्छ -मोहन खड्का "प्यासी" (५ मुक्तकहरू)

लेख्ने जति सबै कहाँ साहित्यकार हुन्छन् र ? कि त मनमा असाध्य दर्बिलो अठोट हुनुपर्छ -मोहन खड्का "प्यासी" (५ मुक्तकहरू)

सतीश चापागाईं

९, श्रावण २०७६
images
मुक्तक - १ फूल भन्दा पनि कोमल माया हुन्छ भन्थे सबैभन्दा शक्तिशाली बल माया हुन्छ भन्थे दोधारमा परी रा'छु माया बुझ्न नसकी संसारमा सुन्दर पल माया हुन्छ भन्थे । मुक्तक - २ झट्ट हेर्दा तिमी बाँसको तामा जस्तै छौ साँच्चै भन्दा तिमी त मेरो मामा जस्तै छौ बाबा साथमा नभएर के भो र मलाई असाध्य माया गर्ने तिमी आमा जस्तै छौ । मुक्तक - ३ नयाँ मान्छेसँग जीवनमा चिनजान गर्नुपर्छ आफूभन्दा अग्रजलाई सधैं मान गर्नुपर्छ केवल मागेर मात्र कहाँ चल्छ जिन्दगी यहाँ आफूले पनि त केही कुरा पक्कै दान गर्नुपर्छ । मुक्तक - ४ पहिले मायाले खुब चाटियो खसीलाई बलियो भएन भनी साटियो खसीलाई दिनानुदिन रमाएर बढ्यो मस्त सँगले आखिरमा च्वाट्टै पारी काटियो खसीलाई । मुक्तक -५ कवि बन्नलाई मुटुमा गहिरो चोट हुनुपर्छ कि साथमा आठ, दश लाख जति नोट हुनुपर्छ लेख्ने जति सबै कहाँ साहित्यकार हुन्छन् र ? कि त मनमा असाध्य दर्बिलो अठोट हुनुपर्छ । महालक्ष्मी नगरपालिका -४ चानुवा नाम्फु धनकुटा हाल : किर्तिपुर । (- मोहन खड्का "प्यासी"का मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक|)

images
प्रकाशित मिति :श्रावण ९, २०७६ बिहिवार - ११:१३:३६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend