Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मेरो लाश चितामाथि जलेको बेला - सम्झना खतिवडा (५ मुक्तकहरू)

मेरो लाश चितामाथि जलेको बेला - सम्झना खतिवडा (५ मुक्तकहरू)

सतीश चापागाईं

१०, श्रावण २०७६
images
मुक्तक -१ घर जोडिए, मन जोडिएन शहरमा छोडिए सुन्दर गाउँघर सुखको रहरमा दु:खका सागरमा डुब्दा पनि जीवन आत्मीयता नभेटाउँदा अल्मलिन्छ लहरमा । मुक्तक -२ बैशालु मन चञ्चल थियो, गुलाफ झैं लाली हजुर समीप आई भनिहाल्यौ तिमी मेरै काली हजुर विश्वासले सुम्पिदिएँ सर्बश्व मैले पनि अहो गरयौ नाटक मञ्चन र, बजाए सबले ताली हजुर । मुक्तक -३ प्रेममा दुई मुटुको पनि एकै सास हुन्छ जन्म-जन्म सँग-सँगै जिउने आस हुन्छ लगानी बिश्वास, माया र सम्मान भएपछि प्रतिफलमा तिमी मेरो म तिम्रो आभास हुन्छ। मुक्तक -४ श्वासप्रश्वास तीब्र गतिमा चलेको बेला शरीर सिथिल भै जमीनमा ढलेको बेला नगर्नू है रुवाबासी एकपल पनि तिमी मेरो लाश चितामाथि जलेको बेला । मुक्तक -५ कहिले भार हुन्छ जिन्दगी दु:खले पार हुन्छ जिन्दगी जब ढल्दै जान्छ्न् दिनहरू तब जिम्मेवार हुन्छ जिन्दगी । बनेपा- काभ्रे,  गाउँशहर, लमजुङ्ग । (- सम्झना खतिवडाका  मुक्तकहरू साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण १०, २०७६ शुक्रवार - १६:१८:४२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend