Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

मनका भडास ती पोख्न छोडे कसो होला (गजल) शर्मिला श्रेष्ठ

मनका भडास ती पोख्न छोडे कसो होला (गजल) शर्मिला श्रेष्ठ

सतीश चापागाईं

१०, श्रावण २०७६
images
मनका भडास ती पोख्न छोडे कसो होला तिक्तताका सागुरा पथ मोडे कसो होला । नकारात्मक सोचले छैन फाइदा कतै सकारात्मक् विचारहरु ओडे कसो होला । कति बस्छौ कुविचार पोको पारेर मन्मा हितोपदेश्का पाटाहरु गोडे कसो होला । घमण्ड अहंकार विषको घडा हो भन्छन् सबको भलाईको लागि फोडे कसो होला । तुच्छ वचन बोली के पायौ तिमीले यहाॅ क्रुरता त्यागी अमृत् वाणी जोडे कसो होला । - ललितपुर, भैंसेपाटी   हाल : परदेश । (- शर्मिला श्रेष्ठको गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण १०, २०७६ शुक्रवार - १६:३०:२६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend