Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

घटेर गोर्खे चिनारी मिली मिटर भएको छ (गजल) -बी.कुलुङ "यश"

घटेर गोर्खे चिनारी मिली मिटर भएको छ (गजल) -बी.कुलुङ "यश"

सतीश चापागाईं

११, श्रावण २०७६
images
  घटेर गोर्खे चिनारी मिली मिटर भएको छ तीन चुम्के चुल्होहरु सबै हिटर भएको छ । ऐतमाया र पहलमानसिङ किराँतको नाति लौ हेर अाफ्नो धर्म बद्लेर पिटर भएको छ । बज्दैन विरहमा अब सारङ्गी र मुर्चुङ्गाहरू चाड-पर्व मान्दा बजिदिने गिटार भएको छ । सोझा सिधा र इमान्दारमा गनिने यो गोर्खे स्वार्थको कारखानाहरूमा फिटर भएको छ । के कुरा गर्नु र अब जातीय हाम्रो उत्थानको दुहुनो गाई बेचेर किनेको शान लिटर भएको छ । - दार्जिलिङ पश्चिम बंगाल, भारत । (-बी.कुलुङ "यश"को  गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण ११, २०७६ शनिवार - ०९:५०:१३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend