Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

पर्खिदैन कसैलाई बल अनि जवानीले कस्ले रोक्न छेक्न सक्छ समयको गतिलाई - बिर्खे अञ्जान (५ मुक्तकहरू)

पर्खिदैन कसैलाई बल अनि जवानीले कस्ले रोक्न छेक्न सक्छ समयको गतिलाई - बिर्खे अञ्जान (५ मुक्तकहरू)

सतीश चापागाईं

१६, श्रावण २०७६
images
  मुक्तक -१ भ्रम छर्दै बजारमा दूधलाई मोही भन्छ पुत्ला बोक्दै मेरो अचेल साला त्यो खोइ भन्छ विचारको युद्ध लड्न ज्ञानको गुदी हुनुपर्छ पानीभित्र माछा पनि आफूलाई गोही भन्छ । मुक्तक -२ नौजवान युवा अचेल रोगी देख्छु दम जस्तो छैन जोश शरिरमा आयोडिन कम जस्तो मनभित्र सन्तुष्टिको दियो बाल्नेहरू अचेल नभए नि हातखुट्टा कुरा गर्छन् बम जस्तो । मुक्तक -३ सम्हालेर कति राख्नु बिग्रिएको मतिलाई अमृत पनि बिख लाग्छ उपदेश कतिलाई पर्खिदैन कसैलाई बल अनि जवानीले कस्ले रोक्न छेक्न सक्छ समयको गतिलाई । मुक्तक -४ चोर पनि साधु बन्छ सत्य बोले जाग्ने हुन्छ बचनको बाण हजुर कर्द भन्दा लाग्ने हुन्छ नपत्याउँनु कसैलाई जिउडाल हेरि हत्तपत्त सिंह भन्छ आफूलाई स्याल देखे भाग्ने हुन्छ। मुक्तक -५ जति तिरे नसकिने महाजनको खाता जस्तो नसम्झनु मलाई कैले कागजको गाता जस्तो । परि आए सिङ्गै पहाड ढाल्न सक्ने सामर्थ्य छ भएको छु आजभोलि फलामको पाता जस्तो । - थाहा न. पा.- ३ मकवानपुर । ( बिर्खे अञ्जानका यी मुक्तकहरु  साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण १६, २०७६ बिहिवार - १८:३०:४० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend