Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

जनहितको कुरा हरायो कुन-कुनामा चुकायो सोझो जनले जनमतको मोल -बिके मुखिया (५ मुक्तकहरू)

जनहितको कुरा हरायो कुन-कुनामा चुकायो सोझो जनले जनमतको मोल -बिके मुखिया (५ मुक्तकहरू)

सतीश चापागाईं

१६, श्रावण २०७६
images
  मुक्तक -१. पापी रहेछ यो पेट छालाको धोक्रो जति नै भरे पनि फेरी हुन्छ खोक्रो गर्नुसम्म गर्यो संसारमा यसले खाली रहे यसले समाउँछ घोक्रो । मुक्तक -२. नकमाए यहाँ खानु मिल्दैन कमाएर पनि लानु मिल्दैन सुखको बास भन्छन स्वर्ग नमरी स्वर्ग जानु मिल्दैन । मुक्तक -३. संसदमा सबैले बजायो आ-आफ्नै ढोल खोलेर एक आर्काको भ्रष्टाचारको पोल जनहितको कुरा हरायो कुन-कुनामा चुकायो सोझो जनले जनमतको मोल । मुक्तक -४. हामी गोर्खे लाटा न बाठा बन्यौ आज गुनेको आँटा जसले भेट्टायो बनायो उसैको लागि मिठो खाजा। मुक्तक -५. हिजो-आज शहरमा एउटा बिचित्र हल्ला छ, मुसा खाएर बिरालोहरू काशी जाने सल्ला छ। भगवान रामको पावन जन्मभुमीमा आज, रावणको चारैतिर बोलबाला भारी पल्ला छ । - सिग्रीमताम बस्ती, दार्जीलिङ्ग, भारत । (बिके मुखियाका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण १६, २०७६ बिहिवार - १८:३५:०४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend