Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

सम्हाल बेलैमा जथाभावी बैँस पस्कनु हुँदैन - प्रकाश घायल (५ मुक्तक)

सम्हाल बेलैमा जथाभावी बैँस पस्कनु हुँदैन - प्रकाश घायल (५ मुक्तक)

सतीश चापागाईं

१६, श्रावण २०७६
images
  मुक्तक -१ अमृतको बोटमा पनि यदाकदा बिष फल्दो रहेछ त्यसैले त मन मुटुमा दन्दनी आगो बल्दो रहेछ यथार्थ बुझाउन खोज्दा उल्टै गलत नजिर देखायौ, सत्यको सामु हजारौं झुठ नतमस्तक गल्दो रहेछ ! मुक्तक -२ पोल्छ भन्ने जानी-जानी सिस्नोलाई छुनुहुन्न हँसाउनु पर्छ दुनियाँ आफू कहिल्यै रुनुहुन्न सामाजिक विभेदको कविता लेख्ने कविहरूले, फ़ोहोर राजनीतिको टुकुचामा मुख धुनुहुन्न ! मुक्तक -३ रित्तो थाल देख्दैनन् डाडु-पन्यू चलाउनेले अन्तर्घाती गोल गर्छन् अझ धेरै छलाउनेले होचो मान्छे लामो फड्को उखान ठिकै रैछ अहंकार धेरै गर्छन् टुप्पोबाट पलाउनेले ! मुक्तक -४ व्यवहारको जुरो उठ्यो मायालुको काँधमा अचेल प्रतिकार गर्न सकिएन सिमाना र साँधमा अचेल आँखाको भाषा आँखाले बुझ्न् सकिनौ तिमीले प्रिय् कचिंगल धेरै गर्छौ दुई आँखाको बाँधमा अचेल ! मुक्तक -५ सपना त सपनै हुन्छ बेसरी झस्कनु हुँदैन जवानीमै हो माया बस्ने त धेरै मस्कनु हुँदैन कुरा काट्नेको कमी हुँदैन दुनियाँमा अचेल, सम्हाल बेलैमा जथाभावी बैँस पस्कनु हुँदैन ! - फुटुङ्ग काठमाडौ । (प्रकाश घायलका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण १६, २०७६ बिहिवार - १८:४२:२६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend