Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

खगेन्द्र बश्यालका दमदार हाइकुहरू

खगेन्द्र बश्यालका दमदार हाइकुहरू

सतीश चापागाईं

१६, श्रावण २०७६
images
  आमाको नाम सुन्दा मात्रै पवित्र तीर्थ समान । -१ मन डरायो कहाँ खोज्नु सक्कली माया हरायो । -२ गरेको गाली पछि थाहा पाइयो रहेछ माली । -३ फूलले भन्छ माली बन देशकै नेपाल बन्छ । -४ नठान्नु खता गाई, भैंसी, बटुवा हिँड्ने हो कता । -५ ती नालायक के पो दिन जान्दथे दोष बाहेक । -६ विकृति लीला धपाउन निमित्त खै त बारूला । -७ खश्रोमै फर्क चिल्लोबाट सतर्क पुगौला नर्क । -८ कला गायब चर्तिकला देखियो हेर्न लायक । -९ हुनेथ्यो चना सबैलाई स्वादिष्ट जनचेतना । -१० - बगनासकाली - ७ पाल्पा । (खगेन्द्र बश्यालका यी दमदार हाइकुहरू साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण १६, २०७६ बिहिवार - १८:४७:०० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend