१६, श्रावण २०७६
पानी तलाउमा नै, आगो लगाइदिन्छ
ढुङ्गा पगाल्छ उस्ले, नौनी बनाइदिन्छ
रगत बगे के होला, हाम्री नेपाल आमाको
"आँसु" बग्दा त सारा, संसार डुबाइदिन्छ
गल्ति नगर बाबू !, झुठो नबोल बाबू !
यौटा झुठले त सयौं, झुठ पो जन्माइदिन्छ
माया - पिरती धेरै, गर्छु म उसैलाई
छाती चिरेर जस्ले, तस्विर देखाइदिन्छ
सानो नसोच तिमी, मेरो गजल, कविता
मेरो कलमले तिम्रो, तरबार हराइदिन्छ ।
- मोदी गाउँपालिका -२
पर्वत
(समर्पित बिमर्सको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)
प्रकाशित मिति :श्रावण १६, २०७६ बिहिवार -
१८:५६:५६ बजे