Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

जँड्याहा (कविता) - शर्मिला श्रेष्ठ

जँड्याहा (कविता) - शर्मिला श्रेष्ठ

सतीश चापागाईं

१६, श्रावण २०७६
images
सम्झँदाे हाे म जति दुःखी काेही छैन श्रीमतीले नि थर्काउँछे, लाैराे देखाउँछे भट्टी पसल्नी कति असल मुस्काउँदै गिलासमा मद प्याला भरिदिन्छे खानुस्न खानुस् भन्दै लाडिन्छे अाकर्षित पाराका नजरले हेर्छे ऊ रमाउँछ केही बेर पिउँदै ढल्मलिने अवस्थामा पैसा तिरी सकी नसकी फर्कन्छ जानु त फर्केर घर नै छ जसकाे परिवार छ बुढी वचनमा कडक जरुर छे तर ऊ कसरी हेर्न सक्छे ? परिवार बिग्रँदै गएकाे अार्थिक समस्या हुँदा-हुँदै भएकाे बाँकी रकम धाेकेर अाधी-रातमा फर्कन्छ ढल्मलिँदै पाईलाहरू टेक्नै नसक्ने अवस्थामा। मदिरापानमा उडाएर सक्छ धन तेराे कमाइले पिएकाे छु ? तेरै कर्कश स्वभावले पिउँछु ? दैनिक यही जवाफले दिक्क मन पागल झैं बन्छ छाेरा छाेरीकाे पढाई बिग्रदैछ दाेष दिइन्छ महिलालाई घरबार चलाउन नजानेकी भनेर छुच्चि अभद्रमा गनिन्छे ऊ । श्रीमानकाे उदासी झन झन् बढ्दैछ केका लागि दुःख गर्नु साेच्छ श्रीमती पिट्न तम्सन्छे छाेराछाेरी फिस नै समयमा तिर्दिन्न भनेर अाँखा मट्काउँछन् नजिक पर्दा दिनानुदिन कमजाेर बन्दैछ शरीर साहुले पनि बलियाे नै खाेज्दाे रहेछ अामाबाबुकाे घरमा के नाकले जानु ? मेराे परिवार अलग्गै पाल्छु भनेर अामाकाे अाँसु कुल्चेर बाबालाई अाेठे वचन लगाएर घरबाट निस्केकाे थिएँ । अाेहाे कस्ताे साेच छ ? अाफ्नै तर्फबाट मात्र जीत खाेज्छ मान्छे किन पिउँछ ऊ रक्सी ? श्रीमतीले बुझ्नै सकिन, श्रीमतीले किन देखाउँछे लाैराे ऊ बुझ्दैन, केटाकेटी अबोधका कुरै छाेडम् घरकै माहाैलले रनभुल्ल बच्चाहरू खै भाेली के कस्ता बन्ने हुन् ? बाबा गलत थिए भनी बुझे मेहनती बने भविष्य उज्ज्वल हुनेछ संरक्षण र सही संस्कार बिना गलत बाटाेमा पुग्न नि सक्छन् । लाग्छ याे परिवारमा काेही अाअाेस् सम्झाउने सेतुकाे भूमिका निभाअाेस् मनकारी मानव जसले निस्पक्ष, निस्वार्थ भूमिका निभाइदिउन् जाे बिग्रनै लागेकाे घर गृहस्थी पुनः समायाेजन हाेस् समाजकाे प्रेरणाकाे श्राेत बनाेस् जय हुँदै जाअाेस् परिवार,समाज अनि पुरै देश । – ललितपुर,भैंसेपाटी हाल : परदेश । ( शर्मिला श्रेष्ठको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण १६, २०७६ बिहिवार - १९:०६:४१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend