Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

गजल - मदन नेपाल

गजल - मदन नेपाल

सतीश चापागाईं

१६, श्रावण २०७६
images
  नदी पनि विवश छ, सँगै प्यासी 'बगर' भए पनि कलकल ध्वनि छैन, पानी बहने 'नहर' भए पनि । दुहाई दिन्छन् बच्चाको सुध्रन बाउलाई भनी ढल्ने गरी पिउँछ ऊ, थाहा पाई 'जहर' भए पनि । पहिचान नै गलत बनाउँछ बाठो भएर मानिस पानको तारिफ भो, रंग दिने त 'खयर' भए पनि । स्वच्छ वातावरण पाटी पौवा चौतारा नभैकन महानगर भन्दा रहेछन् फोहरी 'शहर' भए पनि । शिला बरु पाइएला भ्रष्टाचारी नभएको छैन अदालतकै शंका गर्छन्, न्याय 'ठहर' भए पनि । - सुजन मार्ग , लाजिम्पाट -२ का. म. न. पा.  (- मदन नेपालको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण १६, २०७६ बिहिवार - १९:२२:४७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend