Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

गजल - पिताम्बर गौतम 'प्रकट'

गजल - पिताम्बर गौतम 'प्रकट'

सतीश चापागाईं

१६, श्रावण २०७६
images
  कैले यता कैले उता फूटबलसरी जिन्दगी धान कुट्दा कुटिएको ओखलसरी जिन्दगी । भोक र प्यासको चपेटामा अर्धकल्चो शरीर दफ़नाउन खनिएको खाडलसरी जिन्दगी । बरदान भन्नु दु:ख रहेछ सुख कस्तो होला ? खन्दा-खन्दै दुब्लाएको गलसरी जिन्दगी । प्रेमीबाट छुट्याएर बिहे गरिएकी चेलीले आँसु पुछ्दा रुझे जस्तै आँचलसरी जिन्दगी । अरुको खुशीको निम्ति पिटिनुमै सिमित भो साइँला दाईले बजाएको मादलसरी जिन्दगी । पोखरा. म . न . पा . - ६ लेक साइड पोखरा । (पिताम्बर गौतम 'प्रकट'को यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण १६, २०७६ बिहिवार - १९:२७:२८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend