Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

तारा झार्ने बाचा गरी, दारा झार्न थालेपछि... - सम्झना खतिवडा (५ मुक्तकहरू)

तारा झार्ने बाचा गरी, दारा झार्न थालेपछि... - सम्झना खतिवडा (५ मुक्तकहरू)

सतीश चापागाईं

१६, श्रावण २०७६
images
  मुक्तक -१ बाँड्ने गरौं दर्शन ज्ञान हजुर गरौं नित्य योग ध्यान हजुर स्वस्थ शरीर र शान्त मनको लागि व्यायामले तन्दुरूस्त राखौं ज्यान हजुर । मुक्तक - २ गल्नेहरू गल्दै गरून् अब ढल्नेहरू ढल्दै गरुन् अब चालीसके निर्णायक कदम शिखर चुम्न मैले जल्नेहरू आह्रिसले जल्दै गरुन् अब । मुक्तक - ३ जीवनमा सधै हार हुँदैन दिनरात नभएको बार हुँदैन नसोच सधै एकनास चल्नेछ जिन्दगी पृथ्वीमा सबै कुरा सदाबहार हुँदैन । मुक्तक - ४ कठिन हुने बुझ्नलाई समयको रितहरू शुरुआतमा मीठो लाग्ने प्रेमको गीतहरू तारा झार्ने बाचा गरी, दारा झार्न थालेपछि अनायासै टुट्न पुग्छ्न् अनमोल प्रीतहरू । मुक्तक -५ तिम्रो काख छोडेदेखि हरेक दिन रुन्छु आमा हाँसो खुसी सपना त आँसुसँगै धुन्छु आमा खुट्टा भए जुत्ता त पाइन्छ रे कति कति उसको घरमा उसकै खटन यस्तै कुरा सुन्छु आमा । बनेपा, काभ्रे नेपाल । (-सम्झना खतिवडाका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण १६, २०७६ बिहिवार - १९:३८:४३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend