Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गजल - योगेन

गजल - योगेन

सतीश चापागाईं

१६, श्रावण २०७६
images
  पलपल रुनु परेको छ तिम्रै यादमा अश्रु नदी बगेको छ तिम्रै यादमा।। तारा गन्दै टोलाउँदै आउँछ बिहानी शून्य रात ढलेको छ तिम्रै यादमा।। अस्थिर लाग्छ किन मुटुको रफ्तार यो धड्कन बढेको छ तिम्रै यादमा।। फूल टिपी सजाउँछु चुल्ठी सम्झिँदै मनै पागल बनेको छ तिम्रै यादमा।। हेर्ने आशा संगालेरै तिम्रो आगमन् जिन्दगी अडेको छ तिम्रै यादमा ।। - बौध्द, काठमाण्डौ ।   (- योगेनको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण १६, २०७६ बिहिवार - १९:४१:२० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend