Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अभागी सिउँदो (कविता) -नीमा भुटिया

अभागी सिउँदो (कविता) -नीमा भुटिया

सतीश चापागाईं

१६, श्रावण २०७६
images
मस्त जवानीको मातहरू चढेको मेरो जिन्दगी यो कहिले पो सोंचेको थिएँ र-----? यहाँ चटक ओइलिएर झरि जान्छ भनी--! सिन्दुरको रातोपन यति छिटो धुनु पर्ने भन्ने कहाँ पो मैले सोचेको थिएँ र----? साँच्चै अभागी रहेछ यो सिउँदो मेरो जवानीको झलकहरू सेलाउनु नपाई यहाँ फेरि सिन्दुरको गाढापन धुनु पर्ने रहेछ भो जिन्दगी यहाँ खाली नै रहेछ सायद यसैले होला यहाँ समय नभइ यो कलिलो सिउँदो मेरो अभागीको चिनारी बोक्नु पर्ने रहेछ भावीले पनि कस्तो भाग्य लेखेको यहाँ जवानीको झलकहरू सेलाउनु नपाई अभागीको चिनारी बोक्नु पर्ने बाध्यता बनाई दिएको यो मेरो भाग्य-----!!!! - जलढक्का, कालेबुङ्ग भारत । (- नीमा भुटियाको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण १६, २०७६ बिहिवार - १९:४६:०४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend