Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

जनता पनि कहाँ कम छन् र ? कोरा सिद्धान्तको भ्रमित जादुमा सती जान्छन् - बाबुराम न्यौपाने "उत्स"का (५ मुक्तकहरू)

जनता पनि कहाँ कम छन् र ? कोरा सिद्धान्तको भ्रमित जादुमा सती जान्छन् - बाबुराम न्यौपाने "उत्स"का (५ मुक्तकहरू)

सतीश चापागाईं

१७, श्रावण २०७६
images
मुक्तक - १. गतिमान शरीर ढल्नु अगाडी चितामाथि जल्नु अगाडी उपहार कस्तो छाडेर जान्छौ मट्टीमा देह गल्नु अगाडी । मुक्तक - २. अन्त्य बेलामा कमीलाका पनि पखेटा पलाउँछन् सत्ता गलियारीमा कपटपूर्ण अस्त्र चलाउँछन् मट्टी नै जनअभिमतको तातो भट्टीमा बली चढाएर रहस्यमय पात्रहरू गुफाभित्र~किन मुख लुकाउँछन् ? मुक्तक - ३. सत्तासिन सधैं जनतालाई गुलाम ठान्छन् कार्यकर्तालाई आज्ञाकारी दास मान्छन् हो ! हुन त जनता पनि कहाँ कम छन् र ? कोरा सिद्धान्तको भ्रमित जादुमा सती जान्छन् । मुक्तक - ४. कोलाहलभित्र जिउँदा लाशहरूको निरन्तर रिले दौड चलिरहेकैछ चिताको अखण्ड प्यासा अग्नि भर्भराउदै युगौंदेखि बलिरहेकैछ अनगिन्ती जीवनहरू खरानी भै मट्टीमा परिणत भएर गए पनि अझै मलामी लाश बोकिरहेकै छन् दागबत्तीको राँको जलिरहेकैछ । मुक्तक - ५. दु:खमा पनि हाँस्न सक्ने नेपालीको धैर्य हुन्छ सूर्यको प्रकाश झै दिप्त गरिमा र शौर्य हुन्छ वैरीका हरेक घातहरू एकएक गरी निस्तेज पार्दै सभ्य र संस्कारयुक्त मित्रता स्वीकार्य हुन्छ । - बाबुराम न्यौपाने "उत्स" दमक, झापा । (बाबुराम न्यौपाने "उत्स"का मुक्तकहरू साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण १७, २०७६ शुक्रवार - १०:२५:३८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend