Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

- उत्तम विचार (५ मुक्तकहरू)

- उत्तम विचार (५ मुक्तकहरू)

सतीश चापागाईं

१७, श्रावण २०७६
images
मुक्तक -१ झुपडीको छानो बन्छु झरी बादल ओत्न पाए मायाले जतन गरी मनको मझेरी पोत्न पाए पसिनाको गन्ध मीठो किसानको छोरो हुँँ म गर्व गर्छु खनी खोस्री आफ्नै माटो जोत्न पाए । मुक्तक -२ यही टोपीले नेपाली भनेकोछ कन्थो भए पनि तर नेपालीको साख धानेकोछ भन्छ नेपाली भएरै मर आफ्नो शिर जोगाउनु टोपी जोगाउनु बा भन्नुहुन्छ आफैमा 'सगरमाथा' बनेकोछ दुनियाँमा कहाँ छ र । मुक्तक -३ दुख्दो रहेछ यो मुटु पनि माटो जलेपछि घाऊ बिसेक हुनु अगावै खाटो जलेपछि सबले शान्त शितल देख्छन् चन्द्रमा नैं तर औंसीको कालो रात बन्छ टाटो जलेपछि । मुक्तक -४ कालापानी किन नदुखोस् सुस्ता दुखेपछि लिपु लेकको मासु पराईले लुस्ता दुखेपछि भोलिका लागि केही साँच्नु पर्थ्यो जानिएन सन्ततिले धिक्कार्ने छन्! पुस्ता दुखेपछि । मुक्तक -५ रोएका छन् आँखाहरू हाँसेकोछ मुहार यो भित्र पीडा लुकाएर हाँस्नुनैं बेकार भो जन्मिएर यो धरतीमा आमा रुवाउनेले यस्तो लाग्छ जन्म लिनु नैं त्यो धिक्कार हो । लिखु -६ , नुवाकोट  हाल : टोखा -१०, काठमाडौ । (- उत्तम विचारका मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण १७, २०७६ शुक्रवार - १०:५०:५४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend