Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

सन्तान (कविता) - सिसा चौधरी

सन्तान (कविता) - सिसा चौधरी

सतीश चापागाईं

१७, श्रावण २०७६
images
सम्झी पोल्दछ भत्भती मुटु कतै टाढा हुँदा सन्तति । सम्झाऊँ सकिँदैन दुख्छ मन यो साह्रै हुने छट्पटी ।। कट्दैनन् दिन रात कष्ट सहँदै भोकै हरायो किन । के गल्ती हुन गो र दैव अहिले थाल्यौ परीक्षा लिन ॥१।। खेल्थ्यौ हाँस्न तयार जो विगतका सम्झिन्छु बालापन । जिस्किन्थ्यौ सँगमा अनेक नखरा पार्दा रमायो मन ।। छैनौ साथ छ शून्य भो घर तिमी टाढा जसै चाँदनी । के गल्ती हुन गो र ईश्वर लियौ मेरो परीक्षा अनि।।२।। मेरा सामु छँदा सधैं लुटुपुटी गर्थ्यौ रमाई तिमी । लाग्दा भोक अनेक गन्थन गरी रुन्थ्यौ हुरुक्कै बनी ।। लिन्थ्यौ चुम्बन माफ गर्नु ल भनी मुस्कान राखी बल । के गल्ती हुन गो र ईश्वर गर्यौ यस्तो परीक्षा छल।।३।। तिम्रो उज्वल होस् भविष्य म भलो चाहन्छु रातौँ दिन । तिम्रो उन्नति मात्र होस् थप कुरा के खोज्नु मैले किन ।। लौ धेरै मनका सफा असल हुन् सन्मित्र तिम्रा सदा के गल्ती हुन गो र ईश्वर लियौ मेरो परीक्षा यता॥४।। अास्था ईश्वरको भएन कि यहाँ गल्ती गरेँ जानिनँ आस्था नित्य गरूँ विशेष प्रभुमा ऊर्जा मिलोस् जानिनँ ।। भक्तिस्नेह सुधा असङ्ख्य मन जो पाओस् बढोस् सन्मति। के गल्ती हुन गो र ईश्वर लिने मेरो परीक्षा कति॥५।। धुलाबारी, झापा । (-सिसा चौधरीको कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण १७, २०७६ शुक्रवार - ११:३७:३३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend