Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

तिमी चोर (कविता) -बिजयीता भण्डारी

तिमी चोर (कविता) -बिजयीता भण्डारी

सतीश चापागाईं

२१, श्रावण २०७६
images
  तिमीले चोर्दै गर्दा विकृतिलाई ओढ्दै गर्दा आफ्नो रीतिरिवाज भेषभुषा छोड्दै गर्दा सगरमाथाको चुचुरोमा बसेको मेरो देशले देखि भन्दैछ तिमी चोर हो चोर निष्पट अध्यारोलाई उज्यालो पार्ने त्यो जुन चोर धर्तीमुनी तरल भइ बसेको सुन चोर तिमीले विकृतिलाई ओढ्दा पनि संस्कृतिलाई छोड्दा पनि तिमीलाई माया गरिरहने आफ्नो ठानिरहने यो आफ्नो भूमिको गुन चोर तिमीले देश टुक्रा-टुक्रा पार्दै गर्दा देश बनाउने भाषण छाँट्दै गर्दा भिन्न-भिन्न मुलुकलाई उदाहरण बनाइ ज्ञान बाँड्दै गर्दा स्वतन्त्रतामा डाँफे चरी बनी उड्दै गरेको मेरो देशले तिमीलाई देखि भन्दैछ तिमी चोर हो चोर कोसौ टाढाबाट मेरो देशको सुन्दर प्रकृति सजाउन खेतबारीको कान्ला कान्लामा फूल फुलाउन तिमीलाई बचाउन धर्तीसँगको सम्बन्ध निभाउन आउने झरीको निर्मलतासँग चोर हरेक रातको अन्धकार चिर्दै सुनौलो बिहानी दिन उदाउने सूर्यको निस्वार्थ किरणसँग चोर तिमीले सत्यलाई भुल्दै गरेको आफ्नै घरमा डाँकु हुल्दै गरेको हिँड्ने बाटो मोड्दै गरेको अर्काको भाषा चोर्दै गरेको लालीगुराँस बनी पहाडमा फुलेको मेरो देशले तिमीलाई देखि भन्दैछ तिमी चोर हो चोर नियमितताको पाठ सिकाउन एक पल विश्राम नलिने त्यो समयसँग चोर सुनामीको प्रवाहबिना निर्मलता र निश्चलताको परिभाषा बोकेको समुन्द्रसँग चोर सगरमाथाको चुचुरोमा बसेको मेरो देशले तिमीलाई भन्दैछ छोड संस्कार संस्कृति रीतिरिवाज भेषभुषा चोर्न तिमीलाई च‍ोर्नु छ चोर हावा र पानीसँग चोर घाम र जुनसँग चोर समुन्द्र र पहाडसँग चोर धर्ती र आकाशसँग चोर तिमी चोर हो चोर - मेची नगर - ४ झापा (बिजयीता भण्डारीको यो कबिता  साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण २१, २०७६ मंगलवार - ०७:३७:१८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend