Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अनुभूत (कविता) - कृष्ण प्रसाईं

अनुभूत (कविता) - कृष्ण प्रसाईं

सतीश चापागाईं

२१, श्रावण २०७६
images
यो संसार रहेछ त्रासद कथा वर्णात्मकको रोगनी । खोक्रो मञ्चन मात्र बाहिर सही झल्काउने जीवनी ।। झूटो वर्णन यो असार घरको छानो बगाइकन । कालो बादलको घना अनलमा रुन्छौ रुवाइकन ।। जो आफ्ना मनमा थिए सगरमा छाए प्रभावी बनी। वर्षा बादलको महासमरमा अल्पे दु:खै हो भनी ।। ठट्टामै दु:ख फुल्छ आँसु छ धुने बग्दो सुधा माधुरी । ताराका अनगिन्ती सुन्दर बुटा छर्दै रहे झैँ गरी ।। कोही छैन सहाय जिवित यहाँ मुर्दाहरू साधना । गर्छ्न् प्रात: समाधि शंख ध्वनिको वस्त्रादि नृत्याङ्गना ।। काँढाको पद पाउ आहत हुँदै आफै उजाडिकन । छाडीजानु छ यो शरीर तटमा आगो लगाइकन ।। सुन्दा आद्यकथा अनावरण भै च्यातेर पानाहरू । बिक्री भै इतिको विरासत गयो दुखार्ध गानाहरू ।। पानीदार छ्टा अनङ्ग मनका प्रेमी हुँदै दृष्यमा । कैदी झैँ सजिएर चित्रण भयौं संसारको पृष्टमा ।। हाम्रो निर्मलता गुलाब रँगमा जोखी अलङ्कारले । मुर्दा झैँ रजलेप चित्रण बन्यो कोरेर टङ्कारले ।। आँखामै मुटुको चुहेर सपना काँडा बिझेका होऊन् । दुख्दै अन्तरवेदना पलकमा बोकेर नै पौडिऊन् ।। मिल्केका स्वरूप निष्प्रभ बने यो नाट्यशाला छ्ली । सारा वैभव पूर्वको क्षितिजमा बग्दै गएका गली ।। होला स्वर्ण चिहानको नजिकमा खुल्ला बनेको गरा । मात्रै जीर्ण यहाँ कुटीर छ भने चाहिन्न स्वर्णधरा ।। - बिर्तामोड न.पा.- ८ झापा । हाल : का.म. न. पा. वडा नं. २९ काठमाण्डौ । २०७६/०१/२७   (कृष्ण प्रसाईंको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण २१, २०७६ मंगलवार - ०९:२२:३४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend