Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

खर्चालु श्रीमती (लघुकथा) - राजु क्षत्री अपुरो

खर्चालु श्रीमती (लघुकथा) - राजु क्षत्री अपुरो

सतीश चापागाईं

२१, श्रावण २०७६
images
  श्रीमतीको अतिरिक्त खर्च सुनेर म वाक्क र दिक्क हुन थालेको थिएँ । हरेक महिना पैसा पठाए पनि नपुगेकै गुनासो गर्थिन् । कहिलेकाही त म आवेशमा आएर भन्थेँ , -"होइन यतिका पैसा पठाइरहँदा पनि कस्तो नपुगेको हो ? अनि अनावश्यक लत्ता कपडा किनेर किन खर्च गरिरहनु पर्‍यो ? किन तडक भडकको जिन्दगी बिताउनु पर्‍यो ?" उनी भन्थिन् , -"जुग जमाना अनुसार चल्नु परेन त ? अनि छोराछोरीहरूको कम खर्च छ यहाँ ? यो महङ्गीमा घर व्यवहार धान्न कम गाह्रो छ ?" फोनमा बोलेको उनको चर्को आवाजले मेरो बोली बन्द हुन्थ्यो तैपनि हरेक महिना पैसा पठाइ रहन बाध्य थिएँ म । सधैंभरी विदेश बस्ने कुरा भएन । वैदेशिक रोजगारीलाई बिट मारेर म स्वदेश फर्किएँ । कुनै पेशा/ व्यवसाय नअँगाली घरको गर्जो टार्न मुस्किल हुन्थ्यो। व्यवसायको लागि पर्याप्त रकम पनि थिएन । मैले ॠण लिएर भए पनि व्यवसाय गर्ने निधो गरेँ । तर सरकारले धितो नराखी ॠण दिँदैनथ्यो। मसँग धितो राख्ने पर्याप्त अचल सम्पति पनि थिएन । भएको जग्गा पनि पाखोबारी थियो । ॠण धेरै पाइदैनथ्यो। उनको खर्चालु बानीले भित्री मनमा रिस उठिरहेको पनि थियो सायद । सोच्दै थिएँ केही रकम बचाइदिएको भए आज यो स्थिति आउने थिएन। म मलिनो अन बेला उनले नजिक आएर भनिन् , चिन्ता नलिनुस्, हजुरले कमाएर पठाएको रकमको थोरै हिस्सा बचाएर गहना बनाएकी थिएँ । यी लिनुहोस् , बेचेर व्यवसाय शुरु गर्नुहोस् ।" - माछापुच्छ्रे गापा लाहाचोक, कास्की (- राजु क्षत्री 'अपुरो' को यो लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण २१, २०७६ मंगलवार - ०९:२६:३२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend