Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नानीको बा (लघुकथा) -अवतार ढकाल

नानीको बा (लघुकथा) -अवतार ढकाल

सतीश चापागाईं

२१, श्रावण २०७६
images
  पाँच बर्षको छोरो र दुई बर्षकी छोरीलाई छाडेर मानेकी स्वास्नी पोइल हिंडी भन्ने हल्ला चल्यो एकदिन । गाउँका मान्छेहरूका लागि 'ब्रेकिङ न्युज' बन्यो । "बाबा ममी कहाँ ग'को ? बाबा ममी खोई ? ममी किन नआको ?" छोरा छोरीका यस्ता प्रश्नहरूको सामना गर्न नसकेर भक्कानियो माने । "खुट्टा भए जुत्ता जाबो कति कति ? त्यस्ती पापिनीलाई कसरी जन्म दिएछन् भगवानले ? अब छोरा छोरी स्याहारोस् कि काम गरोस् ।" छिमेकीहरूले सहानुभूति र सल्लाहका शब्दहरू दिन कुनै कन्जुस्याइँ गरेनन् । काम नगरी मुखमा माड लगाउने उपाय थिएन । छोराछोरीलाई सँगै लिएर काममा गयो ऊ केही दिन। माया मारेर जाने स्वास्नीको यादले भन्दा पनि छोराछोरीको पीरले बिथोलियो । + + + "मानेकी स्वास्नीलाई त पुलिसले अड्डा सार गर्दै चौकीमा ल्यायो रे नि ?" गाउँका मान्छेहरू यस्तै कुरा गर्दै एकदिन बिहानै पुलिस चौकीतिर उकालो लागे । चौकीको आँगनमा गोलाकार बनाएर राखिएका बेञ्चहरूमा गाउँका भलादमीहरू भरिएका थिए । ढोकाको छेवैमा मानेकी स्वास्नी घोसे मुण्टो लगाएर बसिरहेकी थिई । "यो छाडा आइमाइलाई गाउँमा राख्न हुँदै-हुँदैन । मानेले पनि राख्न मान्दैन । यो जहाँ जान्छे जान्छे ।" - एकजना भलादमीको फैसलामा प्राय : सबैले सहमति जनाइ सकेका थिए । एकहातले छोरालाई डोहोर्याउँदै छोरीलाई काँधमा राखेर माने आइ पुग्यो । भुईँमा राख्ने बित्तिकै छोरी -" ममी ...! ममी... !!" भन्दै दौडिँदै गएर उसकी आमाको दूध माग्न थाली । मानेलाई देख्ने बित्तिकै स्वास्नी चाहिँ घुँक्क घुँक्क गर्दै रुन लागी । "ल भन माने ! के यो आइमाइलाई तँ अझै स्याहार्छस् त ? अर्कैसँग गैसकेपछि तेरी स्वास्नी त रहिन अब यो ।"- पहिल्यै फैसला सुनाउने भलादमी बोले । मानेले एकछिन स्वास्नीतिर, एकछिन छोरीतिर अनि छोरातिर हेर्यो । एकछिन आकाशतिर हेर्यो, फेरि भुइँतिर हेर्यो र केही सम्झे झैं गरेर असइतिर हेर्दै भन्यो ,- " नानीकी आमा यही हो । यसैले के भन्छे । यसले मानी भनें मैले फेरि यसलाई लान मिल्छ साहेब ?" - अरुण : ५, याकु भोजपुर । हाल: खैरहनी न.पा. चितवन । को यो लघुकथा

images
प्रकाशित मिति :श्रावण २१, २०७६ मंगलवार - १३:०१:०० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend