Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

युवाहरूमा अाह्वान (कविता) - सिसा चौधरी

युवाहरूमा अाह्वान (कविता) - सिसा चौधरी

सतीश चापागाईं

२१, श्रावण २०७६
images
  यहाँ न्याय माग्दैछु देऊ मलाई । कतै छैन देखिन्न मेराे भलाइ ।। अँध्यारो सबै तर्फ फैलन्छ कस्ताे । उज्यालाे हराएछ झैं भन्नु जस्ताे ।।१।। न छन् मित्र अात्मीय छन् दुष्ट मान्छे । र छन् प्यास मेट्ने सबै धूर्त मान्छे ।। त्यसैले यहाँ अाश धेरै हरायाे । तुरुन्तै हुने लाग्छ बाँझाे धरा याे ।।२।। दिवास्वप्न हाे मान तिम्राे विदेश । स्वयं देवताकाे यहाँ हुन्छ वास ।। यसै भूमिमा फल्छ धेरै अनाज । नजाऊ युवा देश छाडेर अाज ।।३।। नयाँ सोच राखौं र राखाैं विचार । बसौँ देशमा नै हँसाई मुहार ।। सिँगारौं फुलाअाैं फलाअाैं अनाज । बनाऔं धरा स्वर्गकै राम राज ।।४।। फुलुन् फूल पाखा पखेरा कुनामा । झुलून् अन्न बाला गरामा गरामा ।। फलून् भावनाका मिठा अन्न दाना । जुटाऊन् सबैले सबैकाे खजाना ।।५।। बगून् यी नदी गीतका राग जस्तै । परून् दंग हेर्दै किनारा प्रशस्तै ।। सँगै देव देवी गरून् अाई वास । यिनैले गरून् दुष्टकाे सर्वनाश ।।६।। बिर्तामोड, झापा । (- सिसा चौधरीको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण २१, २०७६ मंगलवार - १३:०३:४२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend