Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

घोचेरै दुख्छ मुटु, वचन होस् या सियोले (५ मुक्तकहरू) -पिताम्बर गौतम प्रकट

घोचेरै दुख्छ मुटु, वचन होस् या सियोले (५ मुक्तकहरू) -पिताम्बर गौतम प्रकट

सतीश चापागाईं

२१, श्रावण २०७६
images
  मुक्तक - १ बोल्छन बोल्नेको मुख थुन्न सक्दिन म बोलेको सबै कुरा पनि सुन्न सक्दिन म घोचेरै दुख्छ मुटु , वचन होस् या सियोले नघोचेरै फूललाई माला उन्न सक्दिन म । मुक्तक - २ मलाई फूल चाहिएको छ छानेर दिनोस् टुप्पामा फुलेको रहेछ तल तानेर दिनोस् मेरो हातमा थाली छ मन्दिर जान हिंडेकी मलाई भनिन् हजुर आँफै जानेर दिनोस् । मुक्तक - ३ यिनले गरेको हर्कत देखेर घृणा लाग्छ झन् क्रियाकलाप गलत देखेर घृणा लाग्छ जिताउन त हामीले नै जिताएको हो हिजो आज आँफैले दिएको मत देखेर घृणा लाग्छ मुक्तक - ४ आएर ढोका उघारी पसेर गई मेरो यही दिलभित्र बसेर गई जानु नै थियो जान त गई आखिर बसेकै दिलमा छुरा धसेर गई । मुक्तक - ५ तिम्रै हुँ भन्दै अर्कैको दिलमा बसेर लरक्कै बनाइन् बचनले चिल्लो घसेर सुनें आज त जग्गेमा घुम्दै छिन् रे मेरो मुटु र उनको लगनगाँठो कसेर । पोखरा. म . न . पा . - ६ लेक साइड पोखरा । (- पिताम्बर गौतम प्रकटका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण २१, २०७६ मंगलवार - १३:०७:३१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend