Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

गाउँमै माया लाउने कि त, सारा सपना फुल्न सक्छन - गोम बिक्रम(५ मुक्तकहरू)

गाउँमै माया लाउने कि त, सारा सपना फुल्न सक्छन - गोम बिक्रम(५ मुक्तकहरू)

सतीश चापागाईं

२१, श्रावण २०७६
images
  मुक्तक -१ दुखियालाई देखाएर, राहतहरु झर्दा रैछन् अचम्मै छ जहिले पनि, नसक्ने नै मर्दा रैछन् गुहार तिनको भुलिँदैछ, समस्या उत्ति चुलिँदैछ जति आए सहयोगहरु, अरुकै हातमा पर्दा रैछन् । मुक्तक -२ समृद्ध बन्नु पर्ने देश, जहिले पनि नर्कै भयो खेलाइरन्छन् छिमेकीले, समस्या उत्ति चर्कै भयो मुखले राम्रो भनी राख्छौ, आफू मात्र बनी राख्छौ हामीले बनायौ तिमीलाई, नियत तिम्रो 'अर्कै' भयो । मुक्तक -३ राज्यकोषका ढुकुटी नि, उनकै लागि भोग भए आशमा बस्ने निर्धाहरु, कुर्दा-कुर्दा बिजोग भए सरकार जसको आए पनि, भाषण जस्तो लाए पनि नेताकै सुख-चैनका लागि, जनता सधै प्रयोग भए । मुक्तक -४ तिमीले नि मेला-पातमा, पाखुरीको बल् साट्नुपर्छ तारामण्डले झुपडीमा, हिउँद-बर्खा काट्नुपर्छ जीवन के हो थाहा हुन्छ, त्यति उन्माद कहाँ हुन्छ ? बुटमा हिँड्ने खुट्टा फुटी, त्यसैमा गोलेनी फाट्नुपर्छ । मुक्तक -५ शहर पसी साइलीहरु,गाउँबेसी नै भुल्न सक्छन् साइला पनि विदेशमा, अर्कै रंगमा घुल्न सक्छन् आफ्नै देशको नुन सम्झी, बा-आमाको गुन सम्झी गाउँमै माया लाउने कि त,सारा सपना फुल्न सक्छन् । ✍ गोम बिक्रम कल्लाबारी, पाल्पा । २०७६ साउन २०

images
प्रकाशित मिति :श्रावण २१, २०७६ मंगलवार - १३:१०:२८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend