Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

दिव्याङ्ग (कविता) - निरूविन्दु

दिव्याङ्ग (कविता) - निरूविन्दु

सतीश चापागाईं

२२, श्रावण २०७६
images
  अवहेलनामा रचिएको कथा हुँ म दैवले फुर्सदमा ठगेको ब्यथा हुँ म मलाई हाँस्न मन लागेको छ यी भीर - पाखा अनि कन्दराहरूमा पूर्णेको जुन झैं मलाई नाच्न मन लागेको छ पाउमा पाउजु बजाइ छम्-छम् मजूर झैं हे सृष्टिकर्ता......... किन बनायौ मलाई अपाङ्ग ? खेल्न - कुद्न रहर लागेको छ श्रृङ्गार अनि सुन्दर बस्त्रहरू पहिरिएर सडक औ गल्लीहरूमा हातेमालो घुम्ने रहर जागेको छ अभिभावक औ साथीसंगीसँग यो धरातलमा हे विधाता............ किन बनायौ मलाई विकलाङ्ग ?? लेख्न - पढ्न ठूला - ठूला सपनाहरू छन् समाजको दायरामा कार्य गर्ने धोकोहरू छन् कलाक्षेत्रमा धेरै नाम - काम गर्नु छ प्रगतिको पथतिर देशलाई डोर्याउनु छ बाँचुञ्जेल अन्तरकोणमा थुप्रै इच्छा साँचेको छु यस्तै धेरै कल्पना बोकेर यहाँ म बाँचेको छु हे परम इश्वर......... किन बनायौ मलाई दिव्याङ्ग ??? रोएर वेदनाहरू पोखूँ कसरी ? दु:खको भारी बिसाऊँ कसरी ? कम छैनन् यहाँ मान्छे अरूको परिस्थितिमा हाँस्नेहरू कम छैनन् ढुङ्गाको मन अरूको अवस्थामा खिज्याउनेहरू अब भन, हे सृजनाका धनी......... किन बनायौ मलाई हाँसोको पात्र ? - जल्ढक्का कालेबुङ्ग रचनाकाल 06/08/2019 (-निरूविन्दुको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण २२, २०७६ बुधवार - १५:३३:२० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend