Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

गम बयम्बु मगरका पांच मुक्तकहरु

गम बयम्बु मगरका पांच मुक्तकहरु

सतीश चापागाईं

२२, श्रावण २०७६
images
दु:ख होस् सुख होस् एकबार हो जिन्दगी। गन्तव्य विहीन यात्राकै सवार हो जिन्दगी।। हाँसेर जिउन सिकौं,मनै फाटे सिउन सकौं। भाग्यमानीलाई मिल्ने उपहार हो जिन्दगी।। ०००० काँडाको नजिकै फुलिरहेको फूल हेरेर। जीवन शैली फेर्दैछु विगतको भुल हेरेर।। जिन्दगी बुझ्नलाई, गन्तव्यमा पुग्नलाई। जीवन यात्रा गर्नुछ समय अनुकुल हेरेर।। ०००० अनगिन्ति छन् कथाहरु नलेखिएका। मन भित्र छन् व्यथाहरु नदेखिएका।। झुपडीमा जन्मि महल बनाउछु भन्दा। दुख पाएँ गर्दा चाहनाहरु नभेटिएका।। ०००० हर कदम पैसाकै सवाल छ राजधानीमा। मौका छोप्नेकै मालामाल छ राजधानीमा।। पसलमा खाद्यान्नकै गोदामले भरिए पनि। धन नहुनेलाई अनिकाल छ राजधानीमा।। ०००० तिम्ले छोडेपछि अभाव खड्किरहेकोछ। सपनामा सजाएको महल भत्किरहेकोछ।। बाँचुला कसो गरी, पानी बिना माछा सरी। बिछोड्को पीडाले यो मन तड्पिरहेकोछ।। निस्दी-६ अर्चले,पाल्पा २२/०४/२०७६

images
प्रकाशित मिति :श्रावण २२, २०७६ बुधवार - १९:४१:२५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend