Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

एक प्रेम कथा- माकुरी (भाग- १)

एक प्रेम कथा- माकुरी (भाग- १)

सतीश चापागाईं

२६, श्रावण २०७६
images
  भाग- १ "अधुरो प्रेम" गाउँ नजिकै झार्ल्याङ्ग भञ्ज्याङ्गको आँपको रूख ढलेपछि मेरो मनमा शान्ति छैन माकुरी! किन नभन न,तिमीले पनि त भुलेकी छैनौ सायद! कालरात्रीको रात दुर्गा भवानीको कोटघर मौलाथरमा मेला लागेको बेला सुटुक्क गएर त्यो आँपलाई साक्षी राखेर तिमी र मैले संगै जीवन जिउने भनेर बाचा कसम खाएका थियौँ नि! तिमीले बुनेका मायाँ जालमा म चुर्लुम्मै डुबेर फसिरहेको थिएँ। जसरी साँचो माकुरीले आफ्नो आहारका लागि किरा फट्याङ्ग्रालाई फसाउँछ त्यस्तै। र अझैँ मैले सोच्ने गर्थेँ सधैँ यसरी नै उसको मायाँ जालमा फसिरहुँ! तिमीसंगै बसेर रमाईला कुराहरु गर्थेँ। मायाँ पिरतीका कुरा गर्थ्यौँ। कहिले कहि तिमीले मायाँ गरेर "पागल" भन्दाखेरी साँच्चिकै पागल भएर हिडुँ कि जस्तो लाग्थ्यौ। हाम्रो मायाँ चोखो थियो। कतिले आरिस गर्थे कसैले मायाँ त होस् यिनीहरुको जस्तो समेत भनेको मैले सुनेको थिएँ। मान्छेको जिन्दगी न हो! चाहेको सबै पूरा नहुँदो रहेछ। मेरो गरिबीका कारण तिम्रा बाबाआमालाई हाम्रो सम्बन्ध पाच्य भएन र तिमीलाई हुनेखाने घरनमा दिएर पठाए। कति रोएँ, कराएँ। त्यो आँपको रुखलाई गाली गरेँ। साक्षी बसेर हाम्रो सम्वन्धलाई कायम राख्न सकेनौ भनेर हप्काएँ। पछि बिस्तारै त्यो रुखलाई नै तिमी सम्झिन पुगेँ। म रुन्थेँ मेरो रुवाई उसके बुझ्थ्यो म संग आँसु पुछ्ने रुमाल थिएन। रूखले पट्रयाक्क गरेर पात खसाली दिन्थे। यानकी यसले आँसु पुछ भन्थे। उ बोल्न सक्दैन तर मैले उसको भाषा बुझ्न थालेको थिएँ। त्यो आँपको फेँदमा बसेर कति रात बिताएँ। अन्तत: "लेखेको हुन्छ,देखेको हुदैन" भनेर मन बुझाउँदै गएँ। उसले छाडेर गए पनि तिमी चाहि सधैँ सधैँ मलाई साथ देउ है भनेर त्यो आँपको रुखलाई विन्ती गर्थेँ। हुन्छको संकेतमा रूखका हाँगाहरू हावासंगै लच्किन्थे र मेरो मनको पीडाहरु कम हुन्थ्यो। तिमीबाट मायाँको छहारी नपाए पनि त्यो रुखबाट मलाई सितल छहारी मिलेको थियो। तर आज न तिमी साथमा छौ न त त्यो रुख नै!! लाग्छ आज मैले दिएको गाली सहन सकेन या त हाम्रो बाचा कसम को साक्षी बसेर पनि पूरा गर्न नसक्नाले नै सायद उसले पनि आत्महत्या गर्ने निधो गर्यो। उ आफै ढल्यो! मलाई एक्लै पारेर गए। कहिले कहि त सोच्छु किन त्यो निर्दोष रुखलाई सरापेँ, हप्काएँ, गाली गरेँ! सोचेको छु माकुरी तिम्रो र मेरो नाममा अब त्यहाँ एउटा बिरुवा रोपि दिन्छु। कुन बिरुवा नसोध न "मायाँको बिरुवा" हुर्काउनेछु। स्याहार गर्नेछु। म चाहन्छु हामीले संगै जिन्दगी जिउन नपाए पनि हाम्रो मायाँ सधैँ जीवित रहोस् र अमर रहोस्। हामी मरेर गए पनि हाम्रा सन्तातीले हामी दुबैको नाम लिएर भनोस् फलानो बाजे र बजैको प्रेमकहानीमा बिछोडिएर बाजेले मायाँको "निशानी" यो रुख रोपेको रे!! ०००० पाल्पा हाल: दुबई (भाग -२ भोली आउनेछ ।-सम्पादक)

images
प्रकाशित मिति :श्रावण २६, २०७६ आइतवार - २२:०२:५० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend