Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

एक प्रेम कथा- माकुरी (भाग- ३)

एक प्रेम कथा- माकुरी (भाग- ३)

सतीश चापागाईं

२७, श्रावण २०७६
images
 

"दिलको पुजारी"

राती देखि पानी परिरहेको थियो। विहान भैसक्दा समेत पानी बिसाएन। नाग पञ्चमीको त्यो विहान। गाउँमा पहिल्यै देखि नागको पुजा गर्ने चलन। गाउँमा रोग ब्याधि नलागोस्। लगाए को खेतीपाती नास नहोस्। राम्रो उब्जाउ होस्। पालेको पशु चौपया र पंक्षीहरुलाई केही नहोस् भनेर बुढापाकाहरुले नाग सित भकाल्ने गरेको सुनिन्थ्यो। पुजाको लागि सरजाम लिएर कुनै लेकको बारीतिर,कुनै धारादी तिर,कुनै कुवादी तिर,कुनै बेँशी खेततिर लागे जहाँ नागलाई पूजा गरिन्छ। मलाई हिजै बाले "तिमी भोलि बिहानै केही नखानु! बेँशीखेतको बाँधमा पूजारी हुनुछ केटा" भन्नु भएको थियो।

बिहान बर्षातको सिमसिमे पानीसंगै बेँशीखेततिर बाको पछि पछि लागियो। गाउँ भरिका र पल्लो छिमेकी गाउँका समेत गरि बीस,पच्चिस घरका जस जसको त्यो बाँधबाट खेतमा सिचाई हुन्छ सबैले नागलाई भाकल गरिन्थ्यो र कुखुरा,भाले लगायतका बली दिईन्थ्यो। पूजाको लागि खेत सम्म पुग्दा कुलोका मोहीयाँहरु लगभग जम्मा भैसकेका रहेछन्। पूजाको तयारी हुँदै थियो।

"जाउ तिती नुहाएर आउँदा सम्म म सबै तयार पारेर राख्छु।" बाले भन्नु भएको थियो। म उर्लिरहेको निस्दीखोलाको तिरमा धमिलै पानीमा झुम्म डुब्छु। अब पूजाको लागि पुजारी तयार भैसकेँ मनमनै भन्छु। छिटो पूजा गरेर घरतिर लाग्ने सुरमा देखिन्छन् सबै जना। यसो सबैतिर नियालेको मेरो नजर "माकुरी" को मुहारमा ठोक्किन पुग्यो। उनी मुसुक्क हाँसिन्। बाटुलो मुहार,गाहुँगोरी,चटक्क मिलेको जिउ,बारुली कम्मर, त्यस्तै छ फिट जति उचाईकी! मन मनै भन्न पुगेछु; "आहा! कति सुन्दरी मेरी माकुरी! मलाई छाडेर कहिल्यै अरुको हुन नजानु है!" कल्पना मै डुबेर म त्यही हराउन थालेछु आफ्नै संसारमा।

"धुप कहाँ परेछ केटा?" बाले सोध्नु भयो। "ए त्यही सालको पातमा बेरेको थियो त बा" म झस्किदै उत्तर दिन्छु। बालाई उतै एकछिन भुलाउन खोज्छु। "तिमी आउछ्यौ भन्ने थाहा भए त पर्खिन्थेँ नि माकुरी?" मैले मुख फोर्छु।

"हैन ठिकै छ! खेतमा पानी हेर्ने गरि बाबा नै आउनु हुने कुरो थियो। तर घरमा बाबालाई भेट्न पाहुना आउनु भयो र म झरेकी नि!" उसले मुस्कुराउदै जवाफ दिएकी थिईन्।

माकुरी आज नागलाई जसरी पूजा गर्दैछौं। म आज पुजारी हुँ। तर थाहा छ तिमीलाई म सधैँ तिम्रो "दिलको पुजारी" भएर बस्न चाहन्छु। जुनीजुनी सम्म। तिमीले सधैँ मेरो दिल को मनमन्दिरमा यसरी नै पूजा गर्न आउनु है! बिन्ती छ। अरु कसैको दिललाई पुज्न नपुग्नु नि! मैले मनमनै भनेको थिएँ। त्यही अगाडि पूजा गर्न तयारीमा रहेको नागलाई समेत मैले मेरो ईच्छा सुनाएको थिएँ त्यो दिन।

पूजा शुरु भयो। अक्षता,धुप,धर,धजा,बत्ती,रेखी,आगो, गोबरले लिपपोट आदि ईत्यादी। कुखुरा,भाले मन्साउने काट्ने क्रम जारी रह्यो। एउटा कुखुरा अलिक विमार विमार वाला परेछन् सायद! मन्सिनै मान्दैनथ्यो। केरा बोटे अन्तरे बाको रहेछ। बुढाहरुलाई नाग खुशी भएन भन्ने भान भएछ। ("खोई कन्कोई हि मडोहोरा हो नकोके? डि लामो याहनी नागको! नकुङ् भरो विश्वासाङ् न केस्मोले चाहँट सम्म! डि लटाक्नी छेउ! अस्काट सालङ ड नकोके ईटान मान्डिमो पूजा जाट्ले कन्कोई!") मगर भाषामा आ-आफ्नो मनमा भाको कुरा खोलेर नागलाई पुकार्दै थिए। सबैको ध्यान मन्सिन नमान्ने कुखुरो तिर थियो।

"ढ्याप्....!" आवाज आयो। मेरो नाङ्गो शरिरको पछाडि पट्टि कसैको हातले हान्यो। "हैन किन हानेको? पुजारीलाई छुन हुदैनथ्यो!" मैले भनेँ। यसो पछाडि फर्केँ। "तिम्रो ढाडमा लामखुट्टेले टोक्दै थियो के! त्यसैले।" माकुरीले कारण सहित गल्तीको फिल गरि अलिक डराई डराई भनेकी थिईन्। लाग्छ लामखुट्टेले टोक्दा उसको मन थाम्नै सकेन सायद। झ्याप्पै हात लगाईन् उसले। त्यो पनि पुजारीको ज्यानमा! मायाँले त हो यो सब।

"तिम्ले पो?" मैले निधो गर्दै सोधेको थिएँ। उसले हो को संकेतमा टाउको मात्रै हल्लाईन्।

"पुजारी बाबू नानीले छोई हालि कुलोको पानीले हल्का ज्यान भिजाएर आउ।" अन्तरे बाले ढिलो नहोस् भन्ने संकेत सहित आह्राउनु भयो। फेरि हल्का रित पूरा गरेर पूजातिर लागियो। सक्दो चाँडो गरि सक्याईयो। आफ्ना भाकलको पूजा सक्याएर सबै जना आफ्नै लाखापाखा लागे। हामी पनि घरतिर उकालो चढ्यौँ।

नाग पञ्चमीको दिन बर्खा भरि खेतीपातीमा दु:ख गरेर गलेको ज्यान। चाडपर्वको शुरुको दिन। लगभग सबै घरमै देखिन्थे। गाउँमा आउ जाउ, खाउ रमाईलै वित्दै गयो। साँझ पर्यो। महिलाहरुले "झोरा" तिज भाकामा नाचगान गर्ने रे भनेर कुरा चल्यो। झमक्कै साँझ पर्यो। सबै जना माकुरीको आँगनमा जम्मा भए। चाडपर्वमा रमाईलो प्राय उनेरकै घरको आँगनमा गर्ने चलन थियो। किन कि उहाँहरु नै गाउँको हुनेखाने परिवार। सबैले उहाँहरुलाई मान्ने गर्दथे। नाच शुरु भयो। गाउनेहरु,हेर्नेहरु,पालैपालो नाच्नेहरुले आँगन भरिएकोथ्यो। धन्न त्यो साँझ आकाशे पानी बिसाएको थियो। खै प्रकृतिले नै नारीहरु नाच्ने दिन किन दु:ख दिनु भनेर हो! त्यो साँझ बर्षातले बिदा लिएको थियो। पालैसित नाच्ने क्रममा "माकुरी" को पालो परेछ। उनी नाच्न आईन्। त्यो बेला गाउनेहरुले यस्तो गीत गाउदै थिए;

जन्मि,बढ्ने खेल्ने बरै यो माईतीको घरमा रुदै रुँदै माईतीघर छोड्ने यो छोरीको कर्म चित्त बुझाउनै पर्ने रहेछ सबलाई धरोधर्म माईती छोडी दु:ख पाउँदा कसले बुझ्ने मर्म बरिलै कसले बुझ्ने मर्म।।।?

पाल्पा हाल: साउदी अरब http://www.nepalesediaspora.com/archives/10962?fbclid=IwAR0TPpixjcYbRdwBv9Sux1YGnJ2gL5h1hWji3EDyHwxzs3Ayg6VSHbWYyWY   http://www.nepalesediaspora.com/archives/10965  

images
प्रकाशित मिति :श्रावण २७, २०७६ सोमवार - १३:३४:३४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend