Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

धर्म (कविता) - शर्मिला श्रेष्ठ

धर्म (कविता) - शर्मिला श्रेष्ठ

सतीश चापागाईं

२३, श्रावण २०७६
images
परिवर्तनशिल संसारमा समय र परिस्थितीसँगै बदलिँदा रहेछन् विचारधाराहरू अनि धर्मप्रतिकाे अास्थाहरू पनि, धर्म त भनिन्छ तर धर्म पनि संकटमा छ कुन पक्षधरकाे साथ दिऊँ ? अा-अाफ्नै पक्षका बाेलवाला म ईसाई म मुस्लिम म हिन्दू म शिख म बौद्ध !!! कसरी गर्न सक्छ ? पक्षपात एउटै भुगाेलमा एउटै ब्रम्हाण्डमा सबकाे मालिक सबका पिता एउटै छ ॐ अनुसन्धान गर कुरान, वाईवल श्रीमद्भाग्वद गीता रामायण, स्वस्थानी शिव पुराण !!! सम्पूर्णकाे सार निचाेडकाे अर्थ समान पाइनेछ अन्तर्मनलाई टाेटल्न सक पाउनेछाै सही धर्मकाे अर्थ !! पूजाकाे थाली सजाउँदैमा अबीर, केसरी अक्षता मूर्तिमा दल्दैमा गरेनाै तिमीले पूजा दयनीय छ साेच धर्म गरे मन्दिर गएर फलफूल भेटी चढाए मेराे मनाेरथ पूर्ण हुनेछ साेच्छाै तर दीन-दुःखीकाे अात्मा रुवाउँछाै हरपल विभिन्न पाटाहरूमा ती बेसहाराका मर्म बुझ फैलाऊ सहाराका हात भगवान सर्वज्ञ ज्ञानी अन्तर्यामी छन् चाहिँदैन तिम्राे भेटी जाेसँग हात जाेडेर धन ऐश्वर्य समृद्धिकाे वरदान माग्छाै के उनलाई तिम्राे भेटीकाे अावश्यकता छ ? पुजारीकाे पेवा ! बढाउनुकाे साटाे ती गरीब निमुखालाई सक्दाे मुट्ठी खाेल न कि मूर्ती पुजन हाे !अात्म शान्तिकाे लागि लगाइन्छ श्रीमद्भाग्वत सप्ताह तर सही धर्मकाे अर्थ बुझे बिना संकलन गरिन्छ रकम के त्याे रकमकाे सही प्रयाेग भयाे ? धर्मकाे नाममा संकलन गरिन्छ रकम जान्छ कसैकाे ढुकुटीमा केवल देखावा धर्मकाे नाममा ! धर्मकाे गहिराइमा पुग्न ठूलाे त्याग, समर्पण चाहिन्छ अन्तर्मनकाे ढाेका खाेल्नुपर्छ पाप र पूण्यकाे परिभाषा महशुस गर्नु जरुरी छ अरुमाथि अत्याचार गर्दै पिताम्बर ओढ्दैमा महात्मा सन्त हुँदैन हुनुपर्छ अन्तर्ध्यानकाे ज्ञान !! धर्मकाे नाममा लडाइ झैं झगडा विवाद वेकार हाे यदि धर्मात्मा हाै भने सार बुझ धर्मकाे नियम पालनाकाे सबका मालिक एउटै हुन् । – ललितपुर,भैंसेपाटी हाल : परदेश । (- शर्मिला श्रेष्ठको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण २३, २०७६ बिहिवार - १५:१५:२८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend