Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

विश्वासमा विश्वासघात हुँदै गएपछि बैगुनीसित कबै जोखिम मोल्नै सक्दिनँ - लक्ष्मण पौड्याल (५ मुक्तकहरू)

विश्वासमा विश्वासघात हुँदै गएपछि बैगुनीसित कबै जोखिम मोल्नै सक्दिनँ - लक्ष्मण पौड्याल (५ मुक्तकहरू)

सतीश चापागाईं

२३, श्रावण २०७६
images
मुक्तक - १ मायाको बजारमा गएर माया किन्न पाएदेखि सस्तो रहेछ या अमूल्य माया चिन्न पाएदेखि किन चाहिन्थ्यो र ! भोज भतेर जन्तीहरू सुटुक्क गएर परम सुन्दरीलाई छिन्न पाएदेखि ? मुक्तक - २ हृदयमा सजाई उनलाई हाँसेर के भयो ? जन्म-जन्मान्तरको माया गाँसेर के भयो ? मन पनि बदली सकेको रहेछ र त उनको लुकाएर तस्विर नयनमा टाँसेर के भयो ? मुक्तक - ३ विवश छु म केही पनि बोल्नै सक्दिन हृदयभित्रका वेदना खोल्नै सक्दिन विश्वासमा विश्वासघात हुँदै गएपछि बैगुनीसित कबै जोखिम मोल्नै सक्दिनँ मुक्तक - ४ आफ्नो रगत बेचेर समाएको पैसाले पसिनाका थोपाबाट जमाएको पैसाले उन्नति हुन ज्यादै अप्ठ्यारो देख्छु साथी देहको बाजी लगाएर कमाएको पैसाले । मुक्तक - ५ आजको दिनमा उनलाई पनि भेटियो हाम्रो पछि भएको दुनियाँलाई लखेटियो सम्बन्ध पनि बलियो नभएर होला पक्कै फर्किदैँ गरेको नूतन प्यार समेत मेटियो । मोगाउँ शाखा म्यान्मार हाल : लोखू । (-लक्ष्मण पौड्यालका मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण २३, २०७६ बिहिवार - १५:२७:५२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend