Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

बल्लतल्ल मुटुको चोट निको हुँदै थियो बल्झाउन उही पुरानो गीत किन आउँछ । - प्रकाश पाठक "योगी" (५ मुक्तक)

बल्लतल्ल मुटुको चोट निको हुँदै थियो बल्झाउन उही पुरानो गीत किन आउँछ । - प्रकाश पाठक "योगी" (५ मुक्तक)

सतीश चापागाईं

२३, श्रावण २०७६
images
मुक्तक - १ कहाँ मिल्दछ शान्ति भन्नुस् म पनि जानु छ त्यागेर यो आफ्नै पापी देह आत्मा लानु छ प्रिया ! महत्वाकांक्षा धेर राखेको छैन मैले अन्तिम दुई थोपा जल तिम्रै हातको खानु छ । मुक्तक - २ हुन्छ वा हुन्न प्रेम तिमीले पनि भन्न सक्थ्यौ बिपरित ध्रुव बनी बस्यौ समीप बन्न सक्थ्यौ हजारौंले खनेर गए दिलको भित्ता यहाँ मेरो म सहर्ष स्विकार्थेँ तिमीले पनि खन्न सक्थ्यौ । मुक्तक - ३ उजाडेर वृक्ष गुँड छोडेर हिँडे बचेराहरू सुन्य भा'छ गाउँ सहर पाखा पखेराहरू समयसँग उड्न पर्दा कहीं कतै गुड्नु पर्दा कसरी पार गर्लान् जिन्दगीका अप्ठेराहरू । मुक्तक -४ बारम्बार रूवाउन अतीत किन आउँछ दु:ख-सुखको अनौठो रीत किन आउँछ बल्लतल्ल मुटुको चोट निको हुँदै थियो बल्झाउन उही पुरानो गीत किन आउँछ । मुक्तक -५ उदास भनुँ भने म उदास पनि छैन जिन्दगी मेरो आज खास पनि छैन यता उता भौँतारिएरै गयो जीवन यो जीवित नै छु मुर्दा झैँ लास पनि छैन। भरतपुर -२३ जगतपुर, चितवन नेपाल । हाल : दोहा कतार । (- प्रकाश पाठक "योगी" का मुक्तक साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।) 

images
प्रकाशित मिति :श्रावण २३, २०७६ बिहिवार - १५:३६:५५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend