Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मंगलको छाया (लघुकथा) - बैद्यनाथ ठाकुर

मंगलको छाया (लघुकथा) - बैद्यनाथ ठाकुर

सतीश चापागाईं

२३, श्रावण २०७६
images
एकजना पुरानो ख्यातिप्राप्त ज्योतिषीले बाटोमा हिँडिरहेका झ्यात्रे झुत्रेलाई "पख ! पख !! बाबू तिम्रो दिन साह्रै राम्रो छ ।"- भन्दै बाटो छेक्दै थियो । बटुवाले अलि कड्केर बोल्यो - "ज्योतिषी बा , म कम्युनिस्ट मान्छे हुँ । मेरो दर्शन मार्क्सवादी हो । म वैज्ञानिक भौतिकवाद मान्दछु । यस्तो झालेमाले फटाहा शोषक सामन्तिद्वारा जन्माइएका धर्म-कर्म अध्यात्मवाद म मान्दिन । खै छोड्नुस् मेरो बाटो........?" ज्योतिषी बा झन् नरम भएर प्रस्तुत हुँदै भने - " हेर्नुस् कामरेड !, हामी पनि मार्क्सवादी ज्योतिषी नै हो । अन्धविश्वास हामी मान्दैनौं,,,,,,,, । " एकछिन कामरेड अक्क न बक्क भएर भने - " हैन, यो ज्योतिष पनि मार्क्सवादी हुन्छ र ? कसरी पत्याउनु यस्तो फटाहा कुरा ?" ज्योतिषीले गम्भिरतापूर्वक भने - " सुन्नुस् कामरेड , २००४ सालदेखि थुप्रै शिक्षक, कर्मचारी, किसान, मजदुर, व्यापारी अादि राजनीतिमा लागे तर सबैजना किन काठमाण्डौंमा दरबार जोड्ने हैसियतका नेता बन्न सकेन ? पार्टी दक्षिणपन्थी होस् वा बामपन्थी दुबैमा त्याग बलिदान गर्नेहरू अन्ततोगत्वा पाखा नै लागे । जब जब पार्टीहरू सत्तामा गए तब तब तस्कर माफियाहरू सत्ताका स्वाद चाखे । भ्रष्टाचारी सँगसँगै नेताहरू मालामाल भए । इमानदार कार्यकर्ता र जनता सबै सधैंको कंगाल भए ,,,,, हो कि होइन ? " ज्योतिषीको कुरा सुनेर कामरेडको कान ठाडो भयो र उनले तुरुन्तै प्रतिप्रश्न गरिहाले - " किन यस्तो भयो ज्योतिषी बा ? " ज्योतिषी बाले भने - " हेर्नुस् कामरेड, नेपालमा जहिले पनि मंगलको छाया कार्यकर्ता र जनतामाथि परि रहयो । मंगल ग्रह भनेको आकाशमाथिको ग्रह होइन ..........? यो भनेको दक्षिण र उत्तरले बोकाएको दशा हो । यिनीहरूले नै सबै सेटिङ्ग मिलाउँछ अनि विचरा कार्यकर्ता काँग्रेसीहरू उत्तरको अनि बामपंथीहरू दक्षिणको बिरोधमा जिन्दावाद मुर्दावाद गरिरहन्छन् । सबै पार्टीको नेताहरू तारे होटलमा सँगसँगै ह्विस्की र ब्रान्डी खाइरहेका हुन्छन् तर तल तल अबुझ सोझा कार्यकर्ताहरू एकआपसमा भिडन्त गरी रहन्छन् ........मरि रहन्छन्.........मारी रहन्छन् .....। त्यतिले पनि नपुगेर बेला-बेलामा काँग्रेसको सरकारले कम्युनिष्टलाई अनि कम्युनिष्टको सरकारले काँग्रेसको कार्यकर्ताहरूलाई गोलीले हत्या समेत गरीरहेका हुन्छन् ..........हो कि होइन ? " यस्ता नेताहरूप्रति जनताको थोरै पनि विश्वास हुँदैन त्यसैले गाउँ शहरमा नेताहरूको सवारी हुँदा आफ्ना तिनै सोझा इमानदार कार्यकर्ताहरूलाई आफ्नो घाँटीमा " मान नमान मै तेरा मेहमान " भने जस्तै फूलको माला समेत लगाउन अह्राउँछन् ........! लाज शरम नभएका नकचराहरू,,,,,,,, ।" - प्रगतिनगर -३, वीरगन्ज । (- बैद्यनाथ ठाकुरको लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।) 

images
प्रकाशित मिति :श्रावण २३, २०७६ बिहिवार - १५:५८:४५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend