Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

समाजसेवामा समर्पित ईश्वर काफ्ले एनआरएनए कतारको द्धितीय उपाध्यक्षको उमेद्वार

समाजसेवामा समर्पित ईश्वर काफ्ले एनआरएनए कतारको द्धितीय उपाध्यक्षको उमेद्वार

सतीश चापागाईं

२६, श्रावण २०७६
images
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारको द्धितीय उपाध्यक्षमा समाजसेवी ईश्वर काफ्ले उम्मेदवारी घोषणा गरेका छन् । समाजसेवामा समर्पित एक युवा एनआरएनए कतारको द्धितीय उपाध्यक्षको उमेद्वार बनेकोमा कतारका धेरै युवाहरु खुशी मात्र भएका छैनन् उनलाई जसरी पनि जिताउनु पर्छ भनेर कस्सिएका छन् । "मलाई मेरो बिगतको काम हेरेर विश्वास गर्नुहोस र भोट दिनुहोस । त्यही कामको जगमा टेकेर भोलि अझै धेरै काम गर्ने आँट छ ।" काफ्लेले भने । अगस्त २३ मा हुन लागेको परिषद्को ८ औ अधिबेशनका लागि काफ्लेले द्धितीय उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनले समाजसेवामा अझ सक्रिय भएर लाग्ने उद्धेश्यले नै एनआरएनए कतारको द्धितीय उपाध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् । विगत १८ वर्षदेखि कतारलाई कर्मथलो बनाउँदै आएका काफ्ले पाल्पा जिल्लाको रम्भा गाउँपालिकामा जन्मिएका हुन् । उनी विभिन्न संघसंस्थामा आवद्ध भएर सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका छन् । उनि कतारमा बसेको १८ बर्ष भयो । यस समयमा उनले अफ्ठेरोमा परेका धेरै नेपालीलाई सहयोग गरेका छन् भने नेपालमा पनि बेलाबेलामा सामाजिक कार्य गर्दै आएका छन् । रम्भा गाउँपालिकामा जन्मिएका हुन् । उनी विभिन्न संघसंस्थामा आवद्ध भएर सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका छन् । काफ्लेकै सक्रियतामा सुरु गरिएको अभियानका कारण पाल्पाको रम्भा गाउँपालिकामा १३ लाख रुपैयाँको एम्बुलेन्स सहयोग गरिएको थियो । उक्त कार्यका लागि बाहिरबाट ३ लाख ७० हजार उठाइएको थियो भने अन्य रकम काफ्लेले व्यक्तिगत रुपमा सहयोग गरेका थिए । उक्त एम्बुलेन्स नेपाली कांग्रेसका युवा नेता गगन थापाको हातबाट गाउँपालिकालाई हस्तान्तरण गरिएको पनि काफ्लेले जानकारी दिएका छन् । साथै उनकै सक्रियतामा घरबारबिहीन भएर बसेका दाङका एक बृद्ध दम्पत्तीलाई घर बनाउन लगायत सहयोग गरिएको थियो । त्यस्तै चितवनकै सहाराको घरलाई दुई वर्षसम्म आफ्नो तलवबाट रु १० हजार छुट्याएर उदार मनले सहयोग गरेका काफ्लेले चलाएको सहयोग अभियानबाटै चितवनकै अर्को सानो घरमा ३ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको थियो । त्यस्तै काफ्लेले बस्न फिल्मस् मार्फत् नेपालका १०९ जना राष्ट्रिय कलाकारहरुलाई कतारमै बोलाएर एक भव्य समारोहकाबीच सम्मान समेत गरेका थिए । ‘१८ बर्ष अघिदेखि कतारलाई कर्मथलो बनाउदै आएँ र अरुका दुखलाई पनि आफ्नै दुख जस्तो ठानेर सहयोग गरेँ, त्यसैले अब झन् सशक्त ढंगले समाजसेवामा अघि बढ्ने चाहनाले नै द्धितीय उपाध्यक्षमा उमेद्वारी दिएको हुँ,’ काफ्लेले उम्मेदवारी घोषणा गर्दै भनेका छन् ।

images
प्रकाशित मिति :श्रावण २६, २०७६ आइतवार - ०७:०५:३९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend